Sorry, that menu does not exist.
 

अबरुद्ध मध्य पहाडी लोकमार्ग सुचारु, पहिरो झर्नेक्रम जारी, पहिरोले ११ घर जोखिममा

घनश्याम गौतम २०७४ असार २१ । गल्कोट नगरपालिका बाड नं ११ रिघाको मनेवापाटामा लगातार बर्षाका कारण पहिरोे जादा गल्कोट नगरपालीका- ११ रिघाका चन्द्र बहादुर नेपाली, बम बहादुर श्रीस, गौमती घर्ती र टेक बहादुर श्रीसको घर जोखीममा परेको हो ।

त्यस्तै साबिकको रिघा गाबिस बाड नं ७ मनेवा पाटामा पहिरो जाँदा ७ .घर जोखीममा परेको गनपा ११ का अध्यक्ष डम्मर बहादुर श्रीसले बताए । उनका अनुसार रिघाकै मनेबा पाटामा रहेको बालज्योती प्राथमिक बिद्यालय पनि पहिरोको उच्च जोखीमा परेको छ ।

रिघाको भेडामुरे गाईघाटमा ४ घर जोखीममा परेका छन् । श्रीसका अनुसार जोखीममा परेका घर परिबार मध्ये केही परिबार अन्यत्र सरेका छन् । त्यस्तै मध्येपहाडी लोकमार्ग पटकपटक अबरुद्ध बनेको छ ।

मध्यपहाडी लोकमार्गको मनेबापाटमा निरन्तर पहिरो झरेको छ । अबरुद्ध लोकमार्ग सुचारु भएको केही समयमै पुन पहिरो जाने गरेको छ । आज बिहान ८ बजेबाट अबरुद्ध भएको सडक दिउसा १ बजेबाट सुचारु भएको थियो ।

सो खण्डमा करिब १ सय ५० मिटर माथि देखी पहिरो गएको तथा गाईघाटमा करिब ४० मिटरमाथिबाट पहीरो झरेको अध्यक्ष श्रीसले जानकारी दिए ।
सडक अबरुद्धहुदा सयौ यात्रु अलपत्र परको प्रहरी चौकी खर्बाङले जनाएको छ । सो क्षेत्रमा गत फागनुमा सुख्खा पहिरो गएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply