डम्मर बुडा मगर ,बुर्तिबाङ २०७४ साउन २१ । साउन १९ गतेको अविरल वर्षाकाकारण निसीखोला गाउँपालिका देविस्थानको हुल्दी गाउँमा भीषण पहिरोले गाउँमा बस्न जोखिम भएपछि गाउँनै छोडेर १÷२ घण्टा टाढा हिडेर दह भन्ने जंगलमा गएर बसेको स्थानीय पवन सिंजाली मगरले बताए ।
यतिबेला उक्त गाउँ रित्तो भएको छ । हिजो नै कतिपय केटाकेटी, महिला, बृद्धबृाद्धहरु लाइ अन्तै सारिएकोे थियो भने आज गाउँका पुरै मान्छेहरु गाउँ नै खाली गराएर अन्तै सरेका छन् । वर्षा निरन्तर रुपले परेकाले साना साना केटाकेटी र बृद्धबृद्धाहरुलाई बढी समस्या भएको छ ।
उक्त गाउँका मानिसहरुलाई यतिबेला कहाँ बस्ने, के खाने भन्ने चिन्ताले पिरोलीएका छन् ।