छविलाल पाण्डे, बुर्तिबाङ २०७४ कात्तिक ५ । बागलुङ जिल्लाको क्षेत्र नं २ को प्रतिनिधी सभा र प्रदेश सभा सदस्यमा नेकपा एमालेबाट एक जनापनि उमेदवार नबनाईएपछी एमाले कार्यकताहरु रुष्ट बनेका छन् । यस क्षेत्रका एमाले नेता कार्यकताहरुको शनिवार साँझ क्षेत्र नँ २ प्रदेशसभा २ अन्र्तगत नेकपा एमाले सँगठन कमिटी संयोजक लक्ष्मण पुनको अध्यक्षतामा बसेको भेलाले माग सुनुवाई नभए सामुहिक राजिनामा दिने र बागी उम्मेदवार उठाउने जिल्ला कार्य समितिलाई चेतावनी दिएका छन् ।
केन्द्रमा वाम तालमेल गर्दा एमाले माओवादी गठवन्धनले क्षेत्र नं २ को प्रदेश सभा ख को सदस्य पद राष्ट्रिय जनमोर्चालाई दिएपछी एमाले यस क्षेत्रमा नील बनेको हो । यस अघि यस पदमा एमालेले ददिलाल शर्मालाई सर्वसम्मतरुपमा सिफारिस गरेर पठाएको थियो ।
हिँजै साँझ भेलाको निर्णय लिएर सदरमुकाम बागलुङ बजार हिँडेको नेकपा एमाले ढोरपाटन नगर कमिटी सचिब ज्ञान प्रसाद कँडेलले बताए ।
पार्टी कार्यकर्ताहरुको मागलाई लिएर बाम तालमेलपनि भन्ने अन्तिममा आएर यस्तो बखेडा निकालेर कहाँ हुन्छ ? एमालेको जिल्ला पार्टी नेतृत्वको भनाई प्रकाशमा आएको छ ।
यस्तो छ निर्णय: