Sorry, that menu does not exist.
 

अर्गलको ऐतिहासिक एवं साँस्कृतिक महत्वको ‘भुस पोल्ने पर्व’ भव्यरुपमा मनाउने तयारी !

अर्गल खेलकुद विकास मञ्चले विविध कायक्रमका साथ एघारौँ वार्षिकोत्सव मनाउदै !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७४ कात्तिक २० । ताराखोला गाउँपालिका-२ साबिक अर्गल गाबिसको ऐतिहासिक एवं साँस्कृतिक महत्वको भुस पोल्ने पर्व यहि कात्तिक महिनाको २४ गते परम्परागत हिसाबले भव्यरुपमा मनाईदै छ ।

मगरहरुको परम्परा अनुसार ऐतिहासिक शंखुबारीमा कात्तिक २४ गते विधिपूर्वक भुस पोली २६ गते छापे खनेर हिउँदे अन्नवाली लगाउन सुरु गर्ने परम्परा रहेको छ ।

अर्गली मगरहरुले आफ्ना पुर्खाहरु पाल्पाको अर्गलीबाट अहिलेको अर्गल भन्ने ठाउँमा आई खोरिया फाँडेर खेतिपाती तथा वसोवास गरेको सम्झनामा भुस पोल्ने तथा छापेखन्ने पर्व मनाउने गरेका हुन ।

मगर परम्परा अनुसार गत एक वर्षभरी अर्गली मगर समुदायमा मृत्य भएका घरपरिवारबाट यस दिन आफ्नो माइती र मावलीमा होलादास पुयाएका छन । होलादासमा चामल, मासु, हाचक, भुसकेट लगायतका सामग्री समावेश गरिन्छ । होलादास माईती र मावलीको घरमा बाँडेर खाने चलन रहेको छ । होलादाश पु-याएसँगै मृत्यु भएकाहरुको बरखी फल्ने कार्य सुरु हुन्छ । बरखी फालेपछि आफन्तको मृत्युको दुखबाट मुक्ति हुने मान्यता रहेको उनिहरु वताउँछन ।

कार्तिक २८ गते देखि गत १ वर्ष भरि जन्मिएकाहरुको पुत्रबढाइँ सुरु गरिने प्रचलन रहेकोछ ।

भुस पोल्ने पर्वको अबसरमा अर्गल खेलकुद विकास मञ्चले बिविध खेलकुद तथा साँस्कृतिक विविध कार्यक्रमगरी गर्दै आएको छ । क्लबले आफनो ११ औ बार्षिकोत्सव कात्तिक २३ गतेबाट २७ गते सम्म विभिन्न कार्यक्रम साथ मनाउन गैरहेको छ । क्लबका अध्यक्ष लोकबहादुर क्षेत्रीका अनुसार कार्यक्रममा माओवादी नेताहरुले सम्बोधन गर्ने छन् । माओवादी केन्द्रकी नेतृ तथा सभामुख ओनसरी घर्ती , ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, नेकपा कम्युनिष्ट पार्टीका चन्द्रबहादुर चन्द्र वीरजङ नेकपा क्रान्तिकारी माओवादीका सल्लाहाकार एवं समानुपातिकका उम्मेदवार डा. ओम गुरुङले सम्बोधन गर्ने भएका हुन् ।

कल्वले ११ औ बार्षिक उत्सवको अवसरमा पुरुष महिला भलिवल, धनुषबाण, क्यारेम्बोर्ड, सामुहिक र एकल नृत्य प्रतियोगिता संचालन गर्ने जनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित ार्यक्रममा विभिन्न कलाकारहरुको साँगीतिक प्रस्तुतिका साथै स्थानिय कलाकारले पन्चेबाजा, मारुनी ,झ्याउरेका साथ २६ गते परम्परागत छापे खन्ने कार्यक्रम रहेको बताईएको छ ।

सांगीतिक कार्यक्रमका लागि अर्गल घरभई हाल जापानमा कार्यरत गंग घर्ती , जक्कु मगर, याम नाईसा, झलक मगरले ३ जना कलाकारको संयोजन गरेको जक्कु मगरले जापानबाट जानकारी दिएका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply