झरना कँडेल, बागलुङ २०७४ माघ १० । गए राति ढोरपाटनमा हिउँ परेको छ । मध्य राति १.३० बजे देखी विहान ५ बजे सम्म हिमपात भएको नेपाली सेनाको हनुमानध्वज गुल्ममा कार्यरत सेमन सुनुवारले बताएका छन् । करीब १ फिट जति हिमपात भएको सुनुवारले जानकारी दिए ।
ढोरपाटनमा यस वर्षको यो पहिलो हिमपात हो । हिमपातले वातावरण चिसो बनाए पनि अहिले विहान पारिलो घाम लागेकाले त्यत्ति जाडोको अनुभूति नभएको स्थानीय हिरा कुमारी अदैले ईबागलुङलाई बताईन् ।
विहानै घाम (सूर्योदय) लागेकाले ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र चित्ताकर्षक भएको स्थानीयहरुले बताएका छन् ।
ढोरपाटन नगरपालिकाको बोवाङ, अधिकारी चौर र निसी खोला लगायत जिल्लाको माथिल्लो भेगमा हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । यता गल्कोट नगरपालिकाको पाण्डवखानीमा पनि हिमपात भएको सुरेश छन्त्यालले बताएका छन् ।
ठुलोमात्रामा नपरेपनि सिमसिम पानी परेपछी अबका दिनमा गर्मी बढ्ने विश्वास गरिएको छ । हिमपातले रवि बाली राम्रो हने किसानहरुको भनाई छ ।
ढोरपाटनमा हिमपात तस्वीर : अभिषेक रोकाया/दिपक पराजुली, ढोरपाटान ।