Sorry, that menu does not exist.
 

धौलागिरी एफएम बिक्रीमा ?

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत १ । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा तीन, गल्कोट हटियामा एक, बुर्तिवाङमा तीन, खर्वाङमा एक, बरेङमा एक र कुस्मीसेरामा १ गरी १० एफएम रेडियो सन्चालनमा रहेका छन् भने ताराखोलामा नयाँ एफएम सन्चालनको अवस्थामा रहेको छ ।

जिल्लामा सन्चालित एफएम रेडियोहरु मध्य बागलुङ सदरमुकाममा बज्ने धौलागिरी एफएम, बागलुङ एफएम र सयपत्री एफएमको उचित व्यवस्थापनको अभावमा बन्द हुने स्थितिमा पुगेको चर्चा बाहिर आईरहेको बेला धौलागिरी एफएम बिक्री गर्ने प्रस्ताव आएको चर्चाले व्यापकता पाएको छ ।

समाचार श्रोतका अनुसार गत मंगलबार बसेको संचालक समितिको अनौपचारिक बैठकमा धौलागिरी एफ एम १९ लाख रुपयाँमा खरीदगर्ने व्यक्ति भेट्टिएकोले बिक्री गर्ने प्रशंग उठाईएको छ ।

२० जना भन्दाबढी शेयरहोल्डर भएको धौलागिरी एफएममा झण्डै ६१ लाख रुपयाँ शेयर रहेको छ । सिन्कीको भाउमा एफएम बिक्रीगर्ने प्रस्ताव ल्याईनु भित्रको षडयन्त्र शेयरहोल्डरहरुलाई पच्न कठीन भएको छ ।

धौलागिरी मात्र नभएर सदरमुकामका बागलुङ र सयपत्री एफएममा कार्यरत कर्मचारीहरुले धेरै समयदेखी तलब नपाएको गुनासा सार्वजनिक हुँदै आएको छ । एफएममा कार्यरत पत्रकार, प्राविधिक एवं अन्य कर्मचारीहरुले काम गरेको तलब नपाएपछी उत्साहजनकरुपमा काम नगरेको अवस्था विद्यमान छ ।

अर्कोतिर धौलागिरी एफएममा कार्यरत केहि कर्मचारीले विज्ञापनको लाखौँ रकम अपचलन गरेर अन्य सन्चारमाध्यममा सरेको घटनाले पनि सन्चारकर्मीवीच चर्चा नपाएको होईन । आआफै विज्ञापन उठाउने र संस्थामा जम्मा नगरी आफुखुसी अपचलन गर्ने प्रबृत्ति हावी बनेपछी सन्चालकहरुले कर्मचारीहरुको तलब भुक्तानी दिन नसकेको बताईन्छ ।

बागलुङको बुर्तिवाङमा सन्चालित परिवर्तन, ढोरपाटन तथा बुर्तिवाङ रेडियो घाटामा छैनन् । खर्बाङको सारथी र हटियाको गल्कोट एफएम पनि नियमित सन्चालनमा रहेका छन् । बरेङको विहानी रेडियो र कुस्मीसेराको शुभेक्षा एफएम पनि राम्रै चलेको अवस्था छ तर सदरमकाममा रहेका तीन ओटै एफएमको हालत खराब हुनुलाई व्यवस्थापनको कमजोरीको रुपमा लिईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply