Sorry, that menu does not exist.
 

दलाल मार्फत अमेरिका जान हिँडेका दुई दर्जन नेपाली डेढ वर्ष देखी नाईजेरियामा अलपत्र !

बागलुङ २०७५ बैशाख २९ । अमेरिका पुगेर मनग्गे पैसा कमाउने मीठो सपना लिएर दलाल मार्फत १९ महिना पहिले अमेरिका हिँडेका दुई दर्जन नेपालीहरु अहिले नाईजेरियामा अलपत्र परेका छन् । अलपत्र पर्नेहरुमा बागलुङ, म्याग्दी, पर्वत र गुल्मी लगायतका जिल्लाका युवा युवतीहरु रहेका छन् । उनिहरुलाई दलालले नाईजेरियाको लागोस शहरका विभिन्न ठाउँमा राखेर पछिल्लो समय सम्पर्कविहीन बनेपछी पीडितहरु बिचल्लीको अवस्थामा पुगेका हुन् ।

बागलुङ जिल्लाको गल्कोट नगरपालिका रिघा घर भै हाल पोखरामा बसेर दलाली गर्दै आएका जेसन (राजु) श्रीस र उनकै भाई सागर श्रीसलाई २५ देखी ३५ लाख सम्म रकम बुझाएको पीडितहरुले बताएका छन् । पहिले डेढ महिना थाईल्याण्डमा राखेर त्यसपछी उनिहरुलाई नाईजेरियाको लागोस शहरको बिभिन्न स्थानमा राखेको पीडितहरुको भनाई छ । ६ महिना पहिले सम्म दलाल सम्पर्कमा आएर काम हुँदैछ आत्तिनु पर्दैन भन्दै आफुहरुसंग भएको २/३ सय डलर खर्चपनि लगेको पीडितहरुले दुखेसो गरेका छन् ।

६ महिना देखी दलालसंग भेट भएको छैन, फोन सम्पर्क पनि हुँदैन, हामीलाई राखेको होटेल मालिकले दलाललाई भन भनेपछी हामी आत्तिएका छौँ, नाम नछापिदिन अनुरोध गर्दै पीडितहरुले भने ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply