Sorry, that menu does not exist.
 

अपडेट: प्राधिरणका कोहि नआएपछी स्थानीयव्दारा मध्यपहाडी लोकमार्गको बिहुँमा सडक अबरुद्ध !

भरत सापकोटा, बागलुङ २०७५ जेठ ५ । विद्युत प्राधिकरणका प्रमुख घटनास्थल आउन नमाने पछी आज विहान बिद्युत पोलबाट करेण्ट प्रवाह भएर ज्यान गुमाएका काठेखोला गाउपालिका ६ बिहुँका निशा कँडेल र गुमा कँडेलका आफन्तहरु सहित स्थानीय जनताले मध्यपहाडी लोकमार्गको बिहुँमा सडक यातायात अबरुद्ध पारेका छन् ।

आक्रोशित जनसमूहले प्राधिकरणको लापर्बाहीबाटै दुई युवतीहरुको मृत्यु हुन गएको भन्दै घटनाको सम्पूर्ण जिम्मेवारी विद्युत प्राधिकरणले लिनु पर्ने मृतकका परिबारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, जीर्ण बनेका बिद्युत पोलहरु तुरुन्तै फेर्नुपर्ने माग गरिरहेका छन् । बिद्युत करेण्ट प्रवाह भएर ज्यान गुमाएका दुई युवतीहरुको शव उठाईएको छैन ।

्बागलुङ देखी गल्कोट, बुर्तिवाङ तर्फ र बुर्तिवाङ देखी बागलुङ काठमाडौ चल्ने सवारी साधनहरु बिहुँमै रोकिएका छन भने सयौँ यात्रुहरु अलपत्र परेका छन् ।
घटनास्थलमा रहेका प्रसनि कृष्ण कार्कीले बिद्युत प्राधिरणका मानिसहरु आउँदै गरेको भनिएपनि आई नपुगेपछी स्थानीयहरुले यहाँ सडक अवरुद्ध बनाएको बताए ।

मध्यपहाडी लोकमार्गको बिहुँमा यातायात अबरुद्ध पारिएको बारेमा प्रहरी उपरीक्षक दीपक रेग्मीसंग सम्पर्क स्थापित गर्दा अवरुद्ध गर्ने भनेपनि सडक सन्चालन हुने जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply