बिहुँ घटनालाई लिएर छलफल गर्न अहिले बिहान ८ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक बस्दै !
भरत सापकोटा, बागलुङ २०७५ जेठ ६ । शनिबार बिहुँमा विद्युत पोलबाट करेण्ट प्रवाह भएर दुई युवतीहरुको दुखद मृत्युको घटनालाई लिएर स्थानीय जनताले अवरुद्ध गरेको मध्यपहाडी लोकमार्ग बिद्युत प्राधिकरण बागलुङका प्रमुख कपिल राज पाण्डेले निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, प्रहरी उपरीक्षक दीपक रेग्मी तथा वडाध्यक्ष युक्तप्रसाद कँडेल सहितको उपस्थितिमा स्थानीयको मागलाई सम्वोधन गर्ने लिखित सहमति गरेपछी मध्यपहाडी लोकमार्ग राति साढे ९ बजे पछी सन्चालनमा आएको छ ।
शनिबार विहान काठेखोला गाउपालिका ६ बिहुँकोटमा जंगलबाट पात पर्सेउला लिएर घर फर्कदै गरेका स्थानीय दुई युवतीहरुको मृत्य भएको घटनालाई लिएर दिनभर तनावग्रस्त रहेको बिहुँ बिद्युत प्राधिकरणका प्रमुख पाण्डे घटनास्थलमा उपस्थित भएर प्रशासन प्रहरी तथा स्थानीयको रोहबरमा बिहुँमा दुई जना कर्मचारी सहित प्राधिकरणको शाखा राख्ने, जीर्ण बिद्युत पोलहरु तत्काल फेर्ने, मृतकका परिबारलाई क्षतिपूर्ति दिने सहितको सहमति गरेपछी मृतकको शवलाई घटनास्थलबाट उठाउन स्थानीय सहमत भएका थिए । मृतकको शवलाई पोष्टमार्टमका लागि रातिनै धौलागिरी अन्चल अस्पतालमा लगिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफु स्वयं घटनास्थल पुगेको बताउदै यस्तो घटना जो कोहिलाई पनि पर्न सक्ने भएकाले समग्र जिल्लामा यस्ता दुखद घटना दोहोरिन नदिन विद्युत प्राधिकरणले तत्काल गर्नुपर्ने कामहरु र बिहुँको घटनाका सम्वन्धमा छलफल गर्न अहिले केहि बेरमा विहान ८ बजे जिल्ला प्रशासन कार्यालयमा प्रदेश ४ का साँसद ईन्द्रलाल सापकोटा, जिल्ला समन्वय समितिको संयोजक राजेन्द्र ढुंगाना, प्रहरी उपरीक्षक दीपक रेग्मी, बिद्युत प्राधिरण प्रमुख कपिल राज पाण्डे, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा सहितको बैठक बस्ने जानकारी दिए ।
विद्युत प्राधिकरणको लापर्बाहीले गर्दा ज्यान गुमाएका दुई युवतीहरुका आफन्तहरु तथा शोकमग्न बिहुँकोटका स्थानीयबासीहरु दिनभर र राति अबेरसम्म प्राधिकरणको लापर्बाहीलाई लिएर आवाज उठाईरहँदा काठेखोला गाउपालिकाका अध्यक्ष लगायत उपल्लोतहका कुनैपनि जनप्रतिनिधीहरु घटनास्थलमा आएर पीडित परिबारलाई सान्त्वना र घटानको जानकारी नलिएकोमा स्थानीयले निकै आक्रोस व्यक्त गरेका छन् ।