भरत प्रसाद सापकोटा, बागलुङ (बिहू) २०७५ असार १४ । केहि दिन देखीको अबिरल वर्षाका कारण काठेखोला गाउँपालिका- ५ बिहुुँ काउलेको १२ घर पहिरोको उच्च जोखिममा रहेको छ । गत असार ११ गते देखी परेको वर्षाले सो घरहरु बस्नै नहुने चर्किएकाले गाउका एक दर्जन दलित परिबार कोहि आफन्तको आश्रयमा पुगेका छन भने कोहि सरसामन लिएर अन्यत्र जाने अवस्थामा रहेका छन् ।
काठेखोला गाउपालिका-५ काउलेका धनमायाँ परियार, भरिराज दर्जी, सुमित्रा परियार, चिन्ते दर्जी, बसी दर्जी, दिलबहादुर दमाई, धनमायाँ दर्जी, नेत्रलाल दर्जी, लामबहादुर दर्जी, हेमबहादुर क्षेत्री, समिक्षा नेपाली र गंगा बहादुर परियारका परिबार बिचल्लीमा परेको छ ।
२०७२ सालमा गएको भूकम्पले चर्किएका घरहरु अहिलेको वर्षाले सो काउले गाउँको जमीन नै चिराचिरा परेर कुनै पनि समय बग्ने संभावना बढेपछी दलित बस्ती पूरै चिन्तामा छ । यसरी बर्षाले धाँजा धाँजा परेको जमीन कुनैपनि बेला तल खस्ने संभावना रहेको स्थानीयबासीले बताएका छन् । ठाउँठाउँमा घर र त्यस आसपासको जमीन धाँजा फाटेको दृश्यले त्यस तलका मानिसहरु अत्यन्तै त्रसित अवस्था रहेको स्थानीयले बताए ।
तत्कालै यसको रोकथामकालागि पहल नगरिएमा जमीन बगेर (पहिरो गएर) मध्यपहाडी लोकमार्ग सहित मानवबस्तीलाई नै खतरा रहेको स्थानीयले बताएका छन् ।
काठेखोला- ५ बिहुँ काउलेको जमीन पूरै धाँजा फाटेपछी दलितका एक दर्जन घर परिवार जोखिममा !
२०७५ असार १४, बिहीबार १५:४३
Footer Slider, Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०