प्रजिअ खरेलव्दारा प्रभावित परिवारहरुलाई रु १० हजारका दरले राहत रकम वितरण
भरत प्रसाद सापकोटा, बागलुङ बिहुँ २०७५ असार १५ । केहि दिन देखीको वर्षाका कारण जमीन धस्सिएर भूस्खलनको अवस्थामा पुगेको काठेखोला गाउपालिका- ५ बिहुँ काउलेको गाउँ प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले केहि समय पहिले स्थलगत निरीक्षण अनुगमन गरेर पीडितहरुको मर्कालाई बुझेको छ । हिँजो मात्रै बिहुँ काउलेको बास्तविक अवस्थालाई लिएर ईबागलुङले समाचार सम्प्रेषण गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी खरेलले जमीन चिराचिरा परेख घरहरु चर्किएर प्रभावित बनेका दर्जन दलित परिवारका सदस्यहरुलाई प्रत्यक्ष भेटेर उनिहरुको अवस्था जानकारी लिएका छन् ।
काउले गाउँको ठाउँठाउँमा जमिन चिरा परेर घरहरु चर्किएका छन भने स्थानीय एकदर्जन दलित परिवार बिस्थापितकै अवस्थामा रहेका छन् । गाउँमा जमीन चिरिएर भूस्खलन हुँदै गरेकोअवस्थालाई हेर्दा यसलाई रोकथामको अबिलम्ब व्यवस्था नगरिएमा त्यस देखी तल रहेको मध्यपहाडी लोकमार्ग र मानवबस्तीनै उच्च जोखिममा पर्न सक्ने संभावना भएकाले यसलाई उच्च प्राथमिकताका साथ टोलीले लिएको बुझिएको छ ।
प्रजिअ खरेलको नेतृत्वमा रहेको निरीक्षण टोलीमा काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष जब्बरबहादुर लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मी, शहरी विकासका ईन्जिनियर तेजेन्द्र पौडेल, जिल्ला प्राविधिक कार्यालयका प्रमुख कृष्णप्रसाद बाँस्तोला, जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत धीरेन्द पन्त सहित सरोकारवालाहरु रहेका छन् । टोलीले अहिले पीडितहरु संग छलफल गरिरहेको छ ।
यसैवीच प्रजिअ खरेलले प्रभावित १४ परिवारलाई प्रति परिवार रु १० हजारका दरले राहत रकम प्रदान गरेका छन् भने नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष जब्बरबहादुर लामिछानेले जनही एकएक त्रिपाल १४ थान वितरण गरेका छन् । वडाध्यक्ष शिवप्रसाद कँडेलले आपनै तर्फबाट १४ बोरा चामल पीडित परिवारलाई प्रदान गरेका छन् ।
छलफलको निर्णय यसप्रकार छ-
यो पनि पढौं:
काठेखोला- ५ बिहुँ काउलेको जमीन पूरै धाँजा फाटेपछी दलितका एक दर्जन घर परिवार जोखिममा !