Sorry, that menu does not exist.
 

स्वास्थ्य केन्द्रको स्तरबृद्धिलाई प्राप्त रु ३ लाखमा डा जयसवालको चलखेल ! !
बाह्र महिनामा सात महिना गैह्र हाँजिर रहने डा. जयसवाल नगरपालिकाको चक्कर काट्दै !

बुर्तिबाङ, २०७५ असार २२ । बुर्तिवाङ बजार स्थित पश्चिम क्षेत्रकै एकमात्र ठूलो अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा कार्यालय प्रमुख मेडिकल अफिसर नै एक वर्षमा पूरा ७ महिना गैह्र हाजिर रहेको तथ्य बाहिर आएको छ । स्वास्थ्य केन्द्रका प्रमुखको जिम्मेवारीमा रहेका डाक्टर सुनिल प्रसाद जैसवाल, चालु आर्थिक वर्षको अन्तिम सातामा स्वास्थ्य केन्द्रमा झुल्किएका छन् ।

स्वास्थ्य संस्था जस्तो संवेदनशील सवालमा यस्तो खेलवाड र लाहपर्बाही गर्ने डाक्टर जयसवाल यतिबेला ढोरपाटन नगरपालिका कार्यालयको चक्कर लगाई रहेका छन् । समाचार श्रोतका अनुसार उनी बिदा स्वीकृत र तलब (बजेट) निकासाको घन चक्करमा छन् अनि यसका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेल समक्ष अनुनय विनय गरिहेका छन् ।

निसी भूजी तमान क्षेत्रका जनताको स्वास्थ्यप्रति रत्तिभर जिम्मेवार नरहेका डा जयसवाल सात महिनाको बिदाको बहानामा स्वास्थ्य केन्द्रमा अनुपस्थित रहनुलाई जिल्ला स्वास्थ्य कार्यालय, ढोरपाटन नगरपालिका र व्यवस्थापन समितिले गम्भीर रुपमा लिएर गैहजिम्मेवार डाक्टर जयसवालको बचाउमा लाग्न नहुने यस क्षेत्रबासीको आवाज छ । दोषीलाई सँजाय दिएर कर्तव्यको पालना गर्नु पर्ने र दुर्गमबासी जनताको सेवामा खटिएर कार्यालयमा नबस्ने डाक्टरको गल्ती कुनै साधारण गल्ती नभए गम्भीर गल्ती भएकोले यस्ताको घनचक्करमा नगरपालिका नपर्ने कुरामा स्थानीयवासी विश्वस्त देखिन्छन् ।

स्वास्थ्य केन्द्र प्रमुख रहेका जैसवाल गत २०७४ साल बैशाख महिनाबाट आलसम्मको हाजिरी हेर्ने हो भने करिव ७ महिना पूरा विभिन्न वहानमा विदामा वसेका छन् । उनले गरेको लापर्बाहीका विषयमा स्वास्थ्य केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्य संस्थाका पदाधिकारीबीच छलफल नै नभएको भने होईन । तर सबैलाई लत्याउँदै डा जैसवाल सम्बन्धित निकायबाट समेत विदा स्वीकृत नगरी मनमर्जीले विदामा बस्दै आएको स्वयं स्वास्थ्य केन्द्रका कर्मचारीहरु स्वीकार्छन ।

एक उखान छ हरिप देखि दैव डराउछ । डा जैसवाल स्वास्थ्य केन्द्रका डाक्टरको भूमिकामा रहेनन् यहाँका सरोकारवाला निकायका अघि हरिप मात्र होईन दैव सावित भए । नभए यसरी स्वास्थ्य संस्थामा गरिएको लाहपर्वाहीका विषयमा उनलाई कुनै न कुनै कार्वाही गरिनु पर्दथ्यो वा विना जानाकारी स्वीकृत समेत नलिएर विदा बस्ने कर्मचारीलाई कार्वहीको कुनै प्रक्रिया थालिन्थ्यो ।

गत २०७४ साल फागुन महिनाका करिव ३ महिना विभिन्न वहानामा विदा वसेपछि केही खलवल भएको थियो । त्यस वखत प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धिका लागि आएको ३ लाख रुपैयाँको हिसाव नमिलेका कुराहरु पनि बाहिर आएका थिए । त्यहाँका केही कर्मचारीसँगको मिलेमतोमा उक्त वजेट समेत अपारदर्शी ढंगले खर्च गरिएको हल्ला बाहिर आएपछि त्यो हिसाव मिलान गर्न नसकेका डा जैसवाल पछिल्लो चैत महिनादेखि असार महिनाको अन्तिम सातासम्म गायब भए । नगरपालिकाको कार्यालयबाट सोध खोज गर्दासमेत सम्पर्कमा नरहेको भनिएका डा जैसवाल यतिवेला असारको अन्तिमसाता कार्यालयका उपस्थित देखिन्छन् ।

डा जैसवालको हाजिरी रेकर्ड हेर्ने हो भने, बैशाख महिनामा उनी कार्यालयमा पूरा हाजिर देखिन्छन् । जेठ महिनाको ५ गतेसम्म हाजिर देखिने उनी २५ जेठसम्म तालिम र काज विदामा देखिन्छन् । यस महिनामा उनी २० दिन विदामा छन् । साउन महिनाको २४ गतेसम्म कार्यालय हाजिर देखिएका जैसवाल २४ गते पछि औषधि ल्याउन भन्दै काठमाडौँ पुग्छन् । अतिरिक्त विदा सँकेत हाजिरमा उल्लेख गर्दै भदौको २५ गते एक महिना कार्यालयमा छैनन् । भदौ २५ गते हाजिर देखिएका डाक्टरसाव असोजको २७ गतेसम्म कार्यालयमा देखिन्छन् । त्यसपछि असौज २९ गते बागलुङ गोष्ठिमा पुगेका उनी कार्तिकको १० गतेसम्म अतिरिक्त विदा लेखेर १३ दिन विदामा देखिन्छन् । कार्तिक ११ गते कार्यालयमा हाजिर भएका डा जैसवाल, मंसिर १ गतेसम्म हाजिर गरेर फेरि हाजिरमा निर्वाचन विदा र अतिरिक्त विदा जनाएर पूरा अढाई महिना अर्थात ७६ दिन विदामा बसेका छन् । माघ १९ गते हाजिर भएका उनी फेरी ८ दिन जागिर खान्छन अनी काज÷सट्टा विदा भन्दै फागुन ११ गतेसम्म विदामा छन् । फागुन १२ गते कार्यालयमा हाजिर भई १२ दिन ड्यूटी गरेका डाक्टर जयसवाल फेरी फागुन २४ गतेबाट गायव भए र हाल चैत, बैशाख, जेठ, असार महिनाको अन्तिम सातामात्र कार्यालयमा झुल्केका हुन् ।
यसरी जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हाजिर हुन नपर्ने कर्मचारीबाट ढोरपाटनवासीले कस्तो सेवाको अपेक्षा गर्ने ? कार्यालय प्रमुखकै यस्तो आचरणबाट त्यहाँका अरु कर्मचारी कत्तिको जाँगरसित कार्यालयमा उपस्थित हुन्छन् । सेवा प्रदान गरेका होलान त्यसमा समेत प्रश्न उठेको छ । व्यवस्थापन र सञ्चालनका लागि समिति बनेको छ । नगरपालिकामा स्वास्थ्य संस्था हस्तान्तरण भएपछि नगरपालिका कार्यालयमा समेत जानाकारी र स्वीकृत विना विदा बस्ने यस्ता कर्मचारीलाई जनताको करबाट संकलित राजश्व तलव भत्ताकारुपमा पच्ला वा के गर्ला नागरिकको प्रशस्त प्रश्नहरु सरोकारवाला निकाय प्रति पनि छ ।

देशमा बामपन्थी सरकार आएपछि सहज सरल रुपमा सेवा पाईन्छ, कसैले वदमासी गर्दैनन् । रोग भोक र शोकमुक्त समाजको निर्माण हुन्छ यहाँका जनताले भाषणमा यस्ता प्रशस्त कुरा सुनेका छन् । तर एक कर्मचारीले सिंगो स्थानीय सरकारलाई हल्लाएको यो घटनाले अव कस्तो रुप लिने हो त्यो हेर्न वाँकी छ । यस्ता डाक्टर सावले जनताको स्वास्थ्य सेवामा समर्पित भएरकाम गर्छन वा आफ्नो व्यक्तिगत हठले बदनामी पगरी गुथ्छन जनताले यिनका लिला पनि नजिकबाट नियाली रहेकाछन् ।

सरोकारवालाहरुको समयमै ध्यान जावस, स्वास्थ्य संस्थाको वजेटमा डा जैसवालले गरेको अपारदर्शी कारोवारको तत्काल छानविन र खोजीनीति होस् । फेरी यहाँपनि मिलेमतो र मुख नमिलाइयोस् । जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा लाहपर्वाही गर्ने यी डाक्टरले यहाँका जनतामाथि अन्याय गरेका छन् । सेवा नदिएर आफूखुसी हिड्ने यिनको कर्तुतको छानविन होस् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply