हाजिर गैह्र हाँजिरका विषयमा सम्वन्धित निकाय मार्फत आवश्यक कार्बाहीका लागि लेखि पठाउने निर्णय !
टिकाराम भट्टराई, बुर्तिवाङ २०७५ असार २३ । बुर्तिवाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सुनिल प्रसाद जैसवालका सम्वन्धमा सन्चारमाध्यमहरुमा आएका समाचारलाई लिएर इलाका प्रशासन कार्यालय बुर्तिवाङले शनिवार अनुगमन गरेको छ । ईलाका प्रशासन कार्यलय बुर्तिबाङका कार्यलय प्रमुख जनक थापा सहित ढोरपाटन नगरपालिकाका प्रतिनिधि, प्राथमिक स्वास्थ्य केन्द्र व्याबस्थापन समिति र स्वास्थ्य केन्द्रका कर्मचारीहरुको उपस्थितिमा आज अनुगमण सहित छलफल गरेको हो ।
अनुगमनका क्रममा डा जैसवाललाई लगाईएको आरोप मध्य प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको भवन बनाउन निकासाको निम्ति ३ लाख हिनामिना गरेको प्रसङ्गमा भने सहरी बिकासको कार्य क्षेत्रमा स्वास्थ्य केन्द्रका कर्मचारीहरुको कुनै पनि सङलग्न्ता नरहेकोे देखिएको पाईएको र अन्य दैनिक प्रशासन सञ्चालन गर्दा भए गरेका हर हिसाब यहि असार महिनाको मसान्त सम्ममा चुस्त दुरुस्त एक मुस्ठ गरि आय व्यय विवरण प्राथमिक स्वास्थ्य केन्द्र व्यबस्थापन समितिमा पेश गर्न र साउन १५ गते भित्र सार्वजनिक सुनुवाई गरी सबैलाई प्रष्ट पार्न समेत कार्यलय प्रमुखलाई निर्देशन दिएको छ ।
यस्तै हाजिर र गैर हाजिरका बिषयमा आएका समस्याका बारेमा नियम कानुन बमोजिम सम्बन्धीत निकायबाट स्वीकृत र बाकीँ बिषयमा डाक्टर जैसवालका निवेदन र हाजिर कपिको फोटोकपी समेत ढोरपाटन नगरपालिका र सम्बन्धित निकाय मार्फत कारबाहीका लागि लेखी पठाउने र प्राप्त सुझाबको आधारमा गर्ने समेत निर्णय गरेको हो ।