Sorry, that menu does not exist.
 

गाउँपालिकाको केन्द्र परिवर्तन गरेकोमा विहादीमा असन्तुष्टि, जलजलामा बिरोध प्रदर्शन !

विशन क्षेत्री, पर्वत २०७३ चैत ३ । स्थानीय तह पुनर्संरचनां सम्वन्धमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि पर्वत जिल्लाका केहि गाउपालिकावासीहरु केन्द्रलाई लिएर कतै रुष्ट त कतै नाराबाजी सहित विरोध प्रदर्शन गरिरहेका छन् । जिल्ला प्राविधिक समितिले पठाएको भन्दा फरक ठाउँमा केन्द्र सिफारिस भएपछि विहादी गाउँपालिकाका तीनओटा वडाले असहमति जनाएका छन् भने जलजला गाउपालिकाको केन्द्र माझफाँट गाविसको कार्यालय तोकिएपछी जलजला गाउपालिकाका नागरिकले मिलनचोक केन्द्र माग गर्दै माग गर्दै जुलुस निस्केको छ ।

जलजला गाउपालिकावासी स्थानीय तह पुनर्संरचना आयोगको अवैज्ञानिक निर्णयको विरोधमा नागरिक आन्दोल समिति गठन गरेर सडकमा उत्रिएका छन् । अहिले मिलनचोक केन्द्र कायम हुन माग गर्दै जलजला गाउपालिकावासीले जुलुस निकालेर मिलनचोक बजारबाट सदरमुकाम तिर अगाडी बढिरहेको छ । ।

उता दक्षिणी पर्वतको विहादी गाउँपालिकाबासी रुष्ट बनेका छन् । संख्या तथा सिमा निर्धारण आयोगमा जिल्ला प्राविधिक समितिले पठाएको भन्दा फरक ठाउँमा केन्द्र सिफारिस भएपछि विहादी गाउँपालिकाका तीनओटा वडाले असहमति जनाएका हुन् । विहादी गाउँपालिका साविकको वडा नं. १ बाच्छा, वडा नं. २ बर्रार्चौर र वडा नं. ३ रानीपानीका स्थानीयवासीले केन्द्रको विरोधमा नैतिक असहमति जनाएका हुन् । बिहिबार गाउँपालिकाको उद्धाटनमा वडा नं. २ र ३ का बासिन्दाले असहमति पत्रमा हस्ताक्षर गरेका छन्, भने वडा नं. १ का बासिन्दा अनुपस्थित भएका छन् ।

आयोगले केन्द्रको गलत सिफारिस गरेपछि बाच्छा, बर्राचौर र रानीपानीका स्थानीयहरुले अपायक पर्ने भन्दै असहमति जनाएका हुन् । केन्द्रकै विरोधमा वडा नं. १, २ र ३ का स्थानीयहरुले लिखित सहमति गरेर प्राविधिक समितिले सिफारिस गरेको केन्द्रलाई आयोगले मान्यता दिनुपर्नेमा हस्ताक्षर गरेका छन् । अन्यथा अन्य उपाय अपनाईने पनि स्थानीयहरुको भनाई छ ।

प्राविधिक समितिले पठाएको विकल्पसहितका केन्द्रमध्ये पहिलो केन्द्रलाई आयोगले सिफारिस नगरेसम्म आफूहरुले असहमति जनाउने वडा नं. ३ रानीपानीका स्थानीय हरि न्यौपानेले बताए । माग सुनुवाई नभएमा अन्य प्रक्रियातर्फ आफूहरु अघि बढ्ने उनले जानकारी दिए ।

गठित प्राविधिक समितिले विहादी गाउँपालिकाको केन्द्रको रुपमा रानीपानी गाविसको कार्यालय (विहादी) र वहाकीठाँटी गाविसको आँपलयलाई गाउँपालिकाको केन्द्र सिफारिस गरेको प्राविधिक समितिका सदस्य प्रकाश लम्सालले जानकारी दिए । तर राजपत्रमा भने वहाकीठाँटी गाविसको कार्यालयलाई केन्द्र तोकिएको छ ।

पर्वत जिल्लामा पाँच गाउँपालिका र दुई नगरपालिका सहित सात स्थानीय तह रहेका छन् ।

तस्वीर सौजन्य: सोम जीसी, मिलनचोक पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply