बिमल खड्का, बुर्तिवाङ २०७३ पुस २२ । आज देखी बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नि:शुल्क आँखा शिविर सुरु भएको छ । तीन दिन सम्म सन्चालन हुने यस शिविरमा पहिलो दिन आज स्वास्थ्य केन्द्रमा आँखाका विरामीहरुको ठुलो भीड लागेको छ ।
बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईको आयोजनामा सुरु भएको यस निशुल्क आँखा शिविरमा आखाँका रोगीहरुको आँखा चेकजाँच, औषधी उपचार तथा अप्रेशन शिवीर सञ्चालन हुने ईकाईका अध्यक्ष चिन्तामणि शर्मा कँडेलले ई-बागलुङलाई जानकारी दिए ।
हिमालय आँखा असपताल पोखराको प्राविधिक सहयोग, नेपाल नेत्रज्योती संघ बाग्लुङको संयोजन तथा बागलुङ उद्योग बाणिज्य संघ इकाई बुर्तिबाङको आयोजनामा सम्पन्न हुने उक्त शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ, नेपाल रेडक्रस सोसाईटी उपशाखा बुर्तिबाङ, महिला सेवा केन्द्र बुर्तिबाङ, बुर्तिबाङ गाउँ विकास समिति लगायत स्थानीय संघसंस्थाहरुको सहकार्य रहेको छ ।
शिवीरमा बुर्तिबाङ , भिमगिठे ग्वालिचौर , निशी ,बोबाङ , अधिकारीचौर , देबिस्थान , बोहारागाँऊ , तमान लगाएतका गाबिसका आखाका रोगीहरु जचाउन आएको आयोजकले जानकारी दिए । साथै मोतिया बिन्दु तथा आँखाका अशक्त रोगिहरुको अप्रेशन सुरु भएको अस्पताल श्रोतले जनाएको छ ।
बुर्तिवाङ देखी रुकुम सम्म बससेवा सन्चालनमा आएकोले रुकुम जिल्लाका केहि गाविसका विरामीहरुपनि आउने विश्वास गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं हिमालयन आँखा अस्पताल पोखराका बरिष्ट डाक्टर हरि विक्रम अधिकारीले मेसिनव्दारा विरामीको आँखा चेक गरि शिविरको उद्घाटन गरेका थिए ।
शिविरलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि शिविरमा आवश्यक स्वयंसेवक उपसमिति, आर्थिक उपसमिति र व्यवस्थापन उपसमितिको गठन गरिएको अध्यक्ष शर्माले जानाकारी दिए ।
उद्योग बाणिज्य संघ बुर्तिबाङ एकाइका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षता र प्राथमिक स्वाथ्य केन्द्र बुर्तिबाङका कार्यबाहक अध्यक्ष दल बहादुर भण्डारीइको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको संचालन घनश्याम चालिसेले गरेका थिए ।
उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सहयोगी संस्थाका प्रतिनिधि, आयोजक संस्था र रेडक्रश शाखाका प्रतिनिधि, समाजसेवी, पत्रकार लगायतको उपस्थिकित रहेको थियो ।
अपडेट
शिविरको आज पहिलो दिन पुरुष २ सय ९० र महिला ३ सय ६५ गरि जम्मा ६ सय ५५ जनाले सेवा लिएका छन् जसमध्य २० जनाको आँखा अप्रेशन गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङले जनाएको छ ।