Sorry, that menu does not exist.
 

हिँसा सहेर बस्नु आफैमा गलत : वडाध्यक्ष मल्ल

घनश्याम गौतम, गल्कोट २०७४ असार १९ । साबिकको गाबिस स्तरीय महिला सञ्जाल हरिचौरको आयोजनमा दुई दिने महिला सशक्तिकरण तथा महिला हिँसा बिरुद्धको नेतृत्व बिकास तालिम सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा बोल्दै गलकोट नगरपालीका बाड नं ५ का अध्यक्ष नारायण ध्वज मल्लले महिलाहरुले आफ्नो नेतृत्ब बिकास गरि महिला हिँसा बिरुद्ध आबाज बुलन्द गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मल्लले हिँसा सहेर बस्नु आफैमा गलत रहेको बताउदै महिला सशक्त रुपमा हिँसा बिरुद्धको गतिबिधीमा जुट्न आग्र्रह समेत गरे ।

तालिममा बिशेष गरि महिलाको नेतृत्ब बिकास कसरी गर्न सकिन्छ,महिला हिँसाले समुदायमा पारेको प्रभाब, महिला माथि हुने हिँसा लगाएतको बारेमा सामुदायिक सेबा केन्द्र गलकोटकी अध्यक्ष मञ्जु शर्मा चालिसेले सहजिकरण गरेकी थिईन् ।

तालिममा सञ्जालकी सल्लाहकार सदस्य सुनमाया ढकाल, सहभागी गुमा कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
करिब ५० जनाको सहभागीता रहेको कार्यक्रम साबिकको गा बि स स्तरिय महिला सञ्जाल हरिचौरकी अध्यक्ष भगबती मल्लको अध्यक्षता, सहसचिब ज्ञानु खत्रीको स्वागत र सचिब कमला ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply