खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ असार २० । साउने सक्रान्ति मेला हिलको २६ बार्षिकउत्सब विभिध कार्यक्रमका साथ असार २७ देखि साउन १ सम्म मनाईने साउने संक्रान्ति मेला व्यवस्थापन समिति ताराखोला गाउँपालिका ३ हिलका सचिव रमेश घर्तीले बताए।
क्लबले हिल गाउँको दिगो समावेशी र शान्ति परिचालन गरेको हिल गाउँ कला सस्कृति खेलकुद संरक्षण गर्न साउने संक्रान्ति मनाउ भन्ने आदर्श वाक्यलाई आत्मसाथ गर्दै विभिन्न खेलकुद तथा रचनात्मक र झाँकि प्रदर्शनी गरि मनाउने भएको छ ।
असार २७ गते देखि साविक गाविसको खुल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता संचालन गर्ने प्रथम हुनेलाई नगद ४० हजार र व्दिभीयलाई ३० हजार
पुरस्कारको व्यवस्थापन गरेको छ ।
निशुल्क नृत्य प्रतियोगिता प्रथम ५ हजार व्दितीयलाई ३ हजार र तृतीयलाई २ हजार नौमति पन्चेबाजा बादन प्रतियोगिता प्रथम पुरस्कार १६ हजार र दास्रोलाई ११ हजार र सान्त्वना पुरस्कार । भाले छुने घैटोफोर प्रतियोगिता संचालन गर्ने बैठकले निर्णय गरि आवश्यक तयारी सुरु गरेको छ ।
कार्यक्रमको उद्घाटन साउन १ गते ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती, गाउपालिमा वडान ३ कि महिला प्रतिनिधि श्रीमाया घर्ती ३ वडा अध्यक्ष दिलबहादुर बस्नेत लगाएतका विशिष्ट व्यक्तिहरुको उपस्थित रहने बताईएको छ । साथमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांङगेतिक प्रस्तुति रहने कल्वले जानकारी दिएको छ ।