Sorry, that menu does not exist.
 

पहिरोका कारण गुल्मीको पश्चिम तर्फको सडकमा यात्रुलाई सास्ती !

प्रेम सुनार, गुल्मी २०७४ असार २० । गुल्मीको सदरमुकाम तम्घासबाट पश्चिम सेउवा , सिमाहघाट धुर्कोट पुकोटदह सडक खण्डको काला खोला भीर गुल्मीको कृष्ण भीर भनेर चालकहरुले नामकरण गर्न थालेका छन् ।

उक्त काला खोलाको माथी भीरबाट बारम्वार पहिरो जाने र घण्टौं सम्म सवारी साधन जाम भएर यात्रु र चालक दललाई सास्ती हुन थाले पछि कुनै समय काठमाडौ मुग्लीङ्ग सडक खण्डको कृष्ण भीर संग दाँज्ने गरिएको हो ।

गत वर्ष देखि उक्त सडकको स्तर वृद्धि गर्ने क्रममा डोजरले त्यस स्थानको भीर काट्ने क्रममा जति काट्यो माथीबाट उति पहिरो जाने क्रम बढे पछि दैनिक दुई देखि तिन घण्टा सम्म जाम भएर यात्रुहरुले सास्ती खेप्दै आएका छन् । त्यस स्थानलाई गुल्मीको कृष्ण भिर भन्न थालिएको र गत वर्ष देखि यस्तो समस्यामा परिएको एक जिप चालकले बताए ।

त्यहाँ देखि उता जैसीथोकमा वर्षायाम सुरु भए लगत्तै उकालोमा हिलो जमेर सवारी साधन अगाडी बढ्न नसकेर समस्या परेको छ ।

त्यस्तै धुर्कोट रजस्थल देखि वाग्ला जाने सडक पनि ठाउँ ठाउँमा पहिरो र खाडलले साना सवारी साधनलाई समेत आवज जावातमा समस्या परेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply