कोपिला कंडेल, बागलुङ २०७४ असार २१ । अपाङ्गता सरोकार सघं बागलुङ्गले जिल्लाको तित्याङ्ग स्थित गामाटोल स्वाबलम्बन समुहलाई कुखुराका चल्ला वितरण गरेको छ ।
जिल्ला पशु सेवा कार्यालय बागलुङ्गको सहयोगमा सघंले अपाङ्गता भएका ब्यक्तिको सशक्तिकरणका लागि भन्दै १६ जना अपाङ्गता भएकाको परिवारलाई ३० वटाको दरले कुखुराका चल्ला बिवतरण गरेको अपाङ्गता सरकार सघं बागलुङ्गले जनाएको छ ।
जिल्ला पशुसेवा कार्यलयका बरिष्ठ पशु बिकास अधिकृत डा.गोपाल गिरीले चल्ला वितरण गर्दै जिल्लाको आवश्यकतालाई हेरेर चल्ला बितरण कार्यक्रम राखेको जानकारी दिए । अपाङ्गता भएका ब्यक्तिको सशक्तिकरण र आयआर्जनका लागि चल्ला सहयोग गरेको चर्चा गर्दै उनले यो अपाङ्गताहरुको सशक्तिकरण र बिकासका लागि सबैले ध्यान पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता सघं बागलुङ्गका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, अपाङ्गता भएकाहरुको संजालका सचिव होमनाथ शर्मा, अपाङ्गता सरोकार सघंका सदस्य सन्तोष पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम अपाङ्गता सरोकार सघं बागलुङ्गका उपाध्यक्ष धर्मराज आचार्यको अध्यक्षता, कोषाध्यक्ष ईन्द्र शर्मा साप्कोटाको स्वागत मन्तब्य र सचिव राम प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थिय