मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिवाङ सडक खण्ड दिउसो देखि सुचारु !
कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ असार २२ । केहिदिन देखि लगातार परिरहेको वर्षाको कारण बागलुङको गल्कोट नगरपालिका वडा नं. ११ सानो रिघामा २ घर जोखिममा परेका छन्। स्थानिय लाल वहादुर राना र सोम वहादुर रानाको घर जोखिममा परेको हा े। लाल वहादुरको घरको छेउवाट पहिरो खस्न थालेको छ भने सोम वहादुरको घर माथिवाट पुरिने संभावना रहेकोले त्यहाँवाट मानिसलाई घरवाट निकालिएको प्रहरीले जनाएको छ । ७ जनाको लाल वहादुरको परिवार र ११ जनाको सोम वहादुरको परिवार पहिरोले विस्थापित भएको छ । विस्थापित परिवारलाई आफन्त तथा छिमेकिकोमा सारीएको प्रहरी चौकी खर्वाङका प्रमुख भोज वहादुर वानियाले वताए ।
यस्तै लगातारको वर्षाको कारण अवरुद्ध वनेको मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिवाङ सडक खण्ड दिउसो देखि सुचारु भएको छ । सो सडक खण्डको मनेवा (भालुपाइले) मा गएको पहिरोलाई दिउसो हटाएपछि सडक सुचारु भएको हो । लगातार पानी परीरहेकोले सडक समयमा खुलाउन समेत कठिन भएको खर्वाङ प्रहरीले जनाएको छ ।
प्रहरी नायव निरिक्षक भोज वहादुर वानियाका अनुसार पानी परिरहेकोले पुन पहिरो खस्न सक्ने र जुनसुकै वेला सडक अवरुद्ध हुने सक्ने अवस्था रहेको छ । वानीयाले लामो दुरीको यात्रा गर्दा वुझेर मात्र यात्रा गर्न अनुरोध समेत गरेका छन् ।
उता मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो खस्ने गर्दा यात्रुहरु निकै समस्यामा परेका छन्। काठमाडौंवाट आउँदै गरेका शिव पोखरेलले हटिया देखि यता मात्रै दुई ठाउँमा गाडी परिवर्तन गर्नुपरेको तथा विचको केहि स्थानमा जोखिमपूर्ण रुपमा पैदल हिँड्नु परेको वताए । सवारी साधनहरुले सम्भव भएसम्म छोटो दुरीमा पनि सेवा दिइरहेको व्यावसायीहरुले वताएका छन्