लक्ष्मण चालिसे गल्कोट २०७४ असार २३ । गल्कोट नगरपालिकाको अति दुर्गम गाउँ काडेबासको बतासे पुलबारी रहेको फुलबारी प्रा वि आर्थिक अभाब र स्थानीयको बेवास्ताका कारण बिदयालय सन्चालनमा कठिनाइ भएको छ २०७२ बैसाख १२ गतेको मह भुकम्पले क्षती पुराएको दुर्गम गाउको बिद्यालयको पुननिर्माणमा कसैको ध्यान जान नसक्दा पठन पाठनमा समस्या भएको छ ।
बिद्यालयको आर्थिक अबस्था कमजोर छ निर्माण गरिएको बिद्यालयको ढोका झ्याल छौनन । कक्षाको भित्र ठुङ्गा छन आर्थिक अभाव कारण ढलान हुन सकेको छैन भुकम्प पछि भवन निमाणको लागि जिल्ला शिक्षा कार्यलयबाट ३ लाख निकासा भएको बिद्यालयको आर्थिक कोष नभयकोले भबन निमाण सम्पन्न गर्न नसकियको बिद्यालयले जनाएको छ। २०७३ साउनबाट प्र अ सरुबा भएर नयाँ प्र अ नियुक्ति भएकाले र आफुलाई विद्यालयको आर्थिक थाहा नभएको प्र अ शारदा खरेलको भनाई छ ।
बिद्यालय जान तीन धन्टा जङ्गलै जङ्गल हिँडु पर्ने , यातयातको राम्रो व्यवस्थाा छैन । काडेबासको बतासे फुलबारीमा २७ घरधुरि रहेकोमा फुलबारी प्रा बि १५ जना बिद्यार्थी अध्ययनरत छन् । विद्यालयमा एक जना अस्थायी दरबन्दी र तिन जना शिक्षक स्थानीय श्रोतबाट तलब दिईएको छ तर आर्थिक अभावले उनिहरुलाई समयमै तलब भुक्तानी गर्न नसकिएको प्र अ खरेलको भनाई छ ।