प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ असार २४ । ढोरपाटन नगरपालिका वडा नं ५ र ६ जोड्ने सहिखोलाघाट झोलुङगे पुलको निर्माण कार्य सम्पन्न भएको छ । भूजिखोलामाथि ७५ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयहरुले खोला वारपार गर्नका लागि प्रयोग शुरु गरेका छन् ।
गत बर्षको बाढीले झोलुङगे पुल बगाएपछि सोही स्थानमा बिवाइसी, बागलुङको सामाजिक तथा प्राविधिक सहयोगमा गत माघ १ गतेदेखि यहि असार मसान्त सम्म सक्ने गरी निर्माण कार्य शुरु गरिएको थियो । पुल निर्माणको लागि जिल्ला विकास समितिबाट १ लाख ९ हजार ९ सय ५६ रुपैयाँ ६६ पैसा, साविक अधिकारीचौर गाविसबाट १ लाख २४ हजार ४ सय ४४ रुपैयाँ २५ पैसा, निर्माण सामाग्री तथा निर्माण कार्यको लागि समुदायबाट ७५ हजार २ सय १ रुपैयाँ ४६ पैसा सहयोग भएको थियो ।
त्यस्तै, दातृसंस्था ९क्ध्ब्ए० बाट विभिन्न शिर्षकमा सहयोग भएको ३५ लाख ६० हजार ४ सय २७ रुपैयाँ २७ पैसा गरी कुल ३८ लाख ७० हजार २९ रुपैयाँ ६४ पैसाको लागतमा पुल निर्माण गर्ने लक्ष राखिएको थियो । तर निर्माणकार्य सम्पन्न गर्दासम्म विभिन्न शीर्षकमा ४० लाख ७१ हजार ५ सय ५६ रुपैयाँ खर्च भएको उपभोक्ता निर्माण समितिका सचिव सुनिल कुमार घर्तिमगरले जानाकारी दिनुभयो । पुल निर्माण सम्पन्न गर्नका लागि कुल लागतको २ प्रतिशत बराबरको जनश्रमदान स्थानीयहरुबाट भएको निर्माण समितिले जनाएको छ ।
पुल निर्माण भएपछि साविक अधिकारीचौर वडा नं. ३ र ८ का स्थानीयहरु खुसी भएका छन् । यो पुलबाट २८८ घरधुरीका १४ सय ४० स्थानीयहरु पूर्णरुपमा लाभाम्बित भएका छन् । गत बर्षको बाढीले उक्त स्थानको पुल बगाइदिएपछि विद्यार्थी तथा अन्य स्थानीय बासिन्दाहरुलाई खोला वारपार गर्नका लागि बैकल्पिक रुपमा काठेपुलको प्रयोग गर्दै आएका थिए । तर उक्त काठे पुलपनि केही दिनअघिको बाढीले बगाइदिएपछि त्यहाँका स्थानीयहरु घण्टौ लगाएर लामो दुरीमा रहेका अन्य पुलहरु तर्न जानुपर्ने बाध्यता थियो ।
तस्बिर ः बीरबहादुर पुनमगर ।