Sorry, that menu does not exist.
 

प्रशासन, प्रहरी, स्थानीय विकासका सूचना अधिकारीहरुको सहभागिता नरहदा कार्यक्रम कर्मकाण्डी साबित !

जिम्मेवार व्यक्तिलाई सूचना अधिकारी तोकिए पनि सहजरुपमा सूचना उपलब्ध नभएको गुनासो !

कोपिला कंडेल, बागलुङ २०७४ असार २४ । सुचनाको हकलाई प्रयोग गरेर जिल्लामा हुने गरेको भ्रष्टाचार र अनियमिततालाई अन्त्य गर्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । सहभागिले सुचनाको हक सम्बन्धी बिभिन्न ऐन नियम र कानुन बनेपनि ब्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै सशासन र नागरिकको अधिकार सुनिश्चित गर्नका लागि सुचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय सुचना आयोगको सहयोग नेपाल पत्रकार महासघं केन्द्रिय समितिको समन्वय र बागलुङ शाखाको आयोजनामा भएको सुचनाको हक बिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिले सरकारी निकाय सुचना मैत्री नभएको दाबी गरे । सहभागिले सरकारी निकायमा रहेका जिम्मेवार व्यक्तिलाई सुचना अधिकारी तोकिए पनि सहजरुपमा सुचना उपलब्ध नभएको बताए । सरकारले आम नागरिकको सूचना पाउने अधिकारको सुनिश्चित गरेको छ सहभागिले भने, सरकारी कार्यालय संग सर्वसाधारणको प्रत्यक्ष पहुँच अझै पुग्न सकेको छैन ।

कार्यक्रममा जिल्लामा सुचनाको हक अधिकार कार्यान्वय एवं अनुभव लगायत आगामी दिनमा गर्नुपर्ने परिवर्तनका बिषयमा छलफल भएको थियो ।

शैक्षिक, सामाजिक, आर्थिक विकासका हरेक गतिबिधीहरु समग्र जनतामाझ पु-याउने काम सञ्चारकर्मीहरुले गरेकाले सरकारी कार्यालय आम नागरिक एवं सुचनामैत्री बन्नुपर्ने बताएका थिए ।

सो अवसरमा बोल्दै जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद मिश्रले प्रतेक कार्यालयमा प्रभावकारी सेवा प्रवाह र पारदर्शी बनाउनका लागि सुचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । उनले सर्वसाधारणका गुनासा र समस्याको समाधानका लागि सबै निकाय सुचनामैत्री हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी घनश्याम सापकोटाले सुचनाको हकका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयका सुचना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, जिल्ला करदाता सेवा कार्यालयका प्रमुख सुर्यप्रसाद चापागाई, जिल्ला कृषि बिकास कार्यालयका सुचना अधिकृत बिप्लव अधिकारी, नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभणडरी, सल्लाहकार ज्ञानेन्द्र गौतम, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, प्रेस चौतारी नेपालका सचिव रामकृष्ण शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा पत्रकार गणेश पौडेल, किरण आचार्य, नविन शिसिर, र सज्जन कुमार सिहं लगायतले सुचना हक बारे जिज्ञासा राखेका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति (साविक जिल्ला विकास समिति) जिल्ला जनस्वास्थ्य कार्यालय, मालपोत लगायतका सूचना अधिकृतहरुको सहभागिता नरहँदा कार्यक्रम कर्मकाण्डी भएको पत्रकारवीच टिप्पणी भएको थियो ।

कार्यक्रम महासंघका अध्यक्ष दिल श्रीषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव राम थापा अबिरलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply