लक्ष्मण चालिसे, गल्कोट २०७४ असार २५ । गल्कोट नगरपालिका ८ काँडेबास झारमौरा निवासी भिम बहादुर दर्लामी की सुत्केरी बुहारीको समयमै उपचार नपाउदा मृत्यु भएको छ ।
दर्लामीकी १९ बर्षिया बुहारी मुना छन्त्याल दर्लामीको आज बिहान सुत्केरी हुँदा बढी रक्त श्राव भइ अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको प्रहरी चैकी हटियाले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङले हटियामा समेत सुरक्षित प्रसुति सेवा कार्यक्रम सन्चालन गरेको र हरिचौर स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरु हुँदा हुँदै उपाचारको अभावमा मुना दर्लालीको १९ वर्षको अल्पायुमा निधन भएकोमा सारा वडावासी दु:खमा डुबेका छन् । उनका श्रीमान कमल दर्लामी भन्छन्, ‘उपचारको अभावले हामीलाई मात्र नभएर गाउँलाई नै रुवाएर गईन मुना ।’ उनको कोखबाट जन्म लिएको छोराको अवस्था भने राम्रो रहेको परिवारजनले बताएका छन् ।
सरोकारवाला निकायहरुले सुरक्षित सुत्केरी सेवा प्रचारका लागि मात्र नभएर सुत्केरीहरुको जीवन रक्षा कवच हुनुपर्ने गल्कोटवासीले माग गरेका छन् । सुरक्षित सुत्केरी हुन स्वास्थ्य केन्द्रहरुमा आउनुपर्ने प्रचार प्रसार हुनु जरुरी छ ।