Sorry, that menu does not exist.
 

सांसद कोषको लाखौं रकम हिनामिना : तत्काल छानविन नगरे काठेखोला गापामा तालाबन्दी गर्ने चेतावनी !

वडा सचिव चुर्ण बहादुर कार्की काठेखोला गांउपालिकाको भएपनि बेजिल्लाको भत्ता खाने गरेको खुलासा !

कोपिला कंडेल, बागलुङ २०७४ असार २५ । काठेखोला गाउपालिका अन्तर्गत पाला दोबिल्ला बिहु लगायतका बिभिन्न क्षेत्रमा सडक निर्माण कार्य शुरु नभएको भन्दै पाला दोबिल्ला बिहु मोटर बाटो तथा पुल निर्माण समितिले ध्यानाकर्षण भएको जनाएको छ । पाला दोबिल्ला बिहुं मोटरबाटो तथा पुल निर्माण समिति काठेखोला ६ बागलुङका पुर्व अध्यक्ष जब्बर बहादुर लामिछानेले एक बिज्ञप्ती प्रकाशित गरी बागलुङ क्षेत्र नम्वर १ का सांसद चम्पादेबी खड्को सांसद कोषबाट १० लाख रुपया बिनियोजन भएपनि मोटरबाटो निर्माणका लागि कुनै काम शुरु नभएको भन्दै ध्यानाकर्षण गराएको बताएका छन् ।

बाटो निर्माणका लागि साबिकको रेश गाबिसका तत्कालीन अध्यक्ष तथा गाबिस सचिव चुर्ण बहादुर कार्कीको अध्यक्षतामा बैठक बसी साबिकको रेस ७ निबासी दान बहादुर जिसीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी २०७३ फागुन ८ गते जिल्ला समन्वय समिति बागलुङमा सम्झौता गरेर पहिलो किस्ता अन्तर्गत ३ लाख २० हजार निकासा गरेपनि हाल सम्म कुनै पनि स्थानमा मर्मत कार्य शुरु नगरिएको भन्दै गम्भीर आशंका रहेको बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा जिल्ला बिकास समिति र जिल्ला प्रशासन कार्यलय बागलुङलाई ध्यानाकर्षण पत्र दिदा निबेदन उपर छानबिन गरी आवश्यक कारबाही हुने जानकारी दिएपनि सम्बन्धीत निकायले बेवास्ता गरेको उल्लेख छ ।

काठेखोला ७ का सचिव चुर्ण बहादुर कार्की, ईन्जिनियर नव कुमार थापा, निर्माण समितिका अध्यक्ष दान बहादुर जिसी र कोषाध्यक्ष चित्र बहादुर कार्की समेतले यस बिषयमा मिलिमतो गरेको भन्दै बिज्ञप्ती मार्फत कारबाहीको माग गरिएको छ । यदि यो बिषयमा छानबिन नभएमा भोली देखीनै काठेखोला गाउंपालिकामा तालाबन्दी गरिने उल्लेख छ ।

बिज्ञप्तीमा वडा सचिव चुर्णा बहादुर कार्की काठेखोला गांउपालिकाको भएपनि बेजिल्लाको भत्ता खाने गरेको समेत जनाईएको छ । पाला दोबिल्ला मोटरबाटो तथा पुल निर्माण समितिका पुर्व अध्यक्ष एबं नेपाल रेडक्रस सोशाईटी बागलुङ शाखाका सभापति जव्वर बहादुर लामिछानेव्दारा हस्ताक्षेरित बिज्ञप्तीमा सिहंदरबारको अधिकार गाउंगाउंमा भन्नुको सट्टा सिहांदरबारको भ्रष्टाचार गाउंगाउसम्म पुर्याउन खोजेको आरोप समेत लगाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply