लव्दीखोला मोटरेबल पुलमा काम गर्दा केटासंगको लसपसका कारण हत्या भएको आशंका
कमल पौडेल, खर्वाङ बागलुङ २०७४ असार २७ । हिँजो सोमवार बडीगाड गाउपालिका खर्वाङ बजार नजिक बडीगाड खोलामा फेलापरेको बेवारिसे महिलाको शवको पहिचान भएको छ । मृतक महिला गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ साविक पौँदी अमराई गाविस- ९ की वर्ष ३५ की गीता नेपालीको भएको खुलेको हो ।
निज मृतक गीता नेपालीको गुल्मी साविक ईस्मा गाविसमा विवाह भएको र १३ वर्षकी एक छोरी त्यस मुनी ३ भाई छोराहरुको जन्म भएको स्थानीयको भनाई छ । आफनो लोग्नेसंग राम्रो सम्वन्ध नभएका कारण मृतक गीता माईती घर नजिकै छाप्रो बनाएर बस्ने गरेको बुझिएको छ ।
मृतक गीता र उनकी भाउजू सीता नेपाली लव्दी खोलामा निर्माणाधीन मोटरेबल पुलमा काम गर्न आउने गरेका र घटनाका दिन दुबै नन्द भाउजू काम सकेर घरतिर फर्कदैँ गर्दा सोहि पुलमा कामगर्ने कुनै केटाको फोन आएपछी म एक छिन पछी आउछु भनी भाउजूलाई पठाएर मृतक गीता त्यहि बसेको श्रोत भन्छ । धेरैबेर सम्म गीता नआएपछी भाउजू सीताले गीताको मोबाईलमा फोन गर्दा स्वीजअफ भनेपछी भोलि भेट भैहाल्ला नि भनेर घर गएको बताईएको छ ।
समाचार श्रोतका अनुसार, मृतक गीता र त्यस युवकवीच निकट सम्वन्ध भएका कारण बराबर फोनमा कुराकानी, भेटघाट, बसउठ भैरहनी गथ्र्यो । दुबैवीच अवैध सम्वन्ध भएकै कारण यो घटना घट्न गएको व्यापक चर्चा बाहिर आएको छ । दुबैवीचको अनैतिक यौन सम्पर्कबाट गर्भ रहन गएपछी यो घटना भएको स्थानीयले आशंका गरेका छन् भने बलात्कार पछी हत्या गरी बडीगाड खोलामा शवलाई फालेको हुनसक्ने पनि स्थानीयमा चर्चा चलेको छ ।
गीताको शवको पोष्टमार्टम पछीनै हत्या वा अन्य केकारण हो भन्ने वास्तविकता खुल्न आउने छ । मृतक गीताको शव पोष्टमार्टमका लागि हरिचौर स्वास्थ्य केन्द्रमा राखिएको छ भने आज पोष्टमार्टम हुने प्रहरीले जानकारी दिएको छ ।
मृतकमा आफन्तहरु अहिले प्रहरी चौकी खर्वाङमा छन् भने मृतकका श्रीमानलाई ईस्माबाट झिकाएर इलाका प्रहरी कार्यालय हरिचौरमा जाने तयारीमा रहेका छन् ।