सुमन जि.सी. बागलुङ २०७३ माघ ३ । चारतारे युवा क्लव सिवाईसी नेपालले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रमको प्रगती समिक्षा गर्दै कार्यक्रममा देखिएका सवल पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरु, वित्तीय व्यवस्थापनलाई सदृढिकरण, बचत संकलन, ऋण लगानी, सामाजिक कार्य लगाएतका विषयमा छलफल गरी लघुवित्त कार्यक्रमलाई अझ थप सवलीकरण, सुदृढिकरण र प्रभावकारी बनाउनका लागि संस्था कार्यसमिति तथा शाखा प्रवन्धकहरुको उपस्थितीमा सोमवार बागलुङ बजारमा लघुवित्त कार्यक्रमको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ ।
गोष्ठिलाई सम्वोधन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले चालु आर्थिक वर्षमा ल्याईएका कार्यक्रम तथा नीतिगत प्रयासहरु कार्यान्वयन गर्नका लागि गोष्ठिको आयोजना गरिएको बताए । पौडेलले संस्थाले आर्थिक वर्षका लागि तर्जुमा गरेका लक्ष्य तथा कार्ययोजनाहरुलाई कार्यान्वयन गर्दै संस्थाको लक्ष्य तथा वित्तीय अवस्थालाई अझ धैरै मजबुत गराउनका लागि प्रभावकारी रुपमा कार्य गर्न शाखा प्रवन्धकहरुलाई आग्रह समेत गरेका थिए ।
जिल्लाको तित्याङ गाविसमा २०४९÷०६÷२६ मा स्थापीत संस्था हाल पश्चिमाञ्चलका ६ वटा जिल्लाका ३८ हजार गरिव तथा विपन्न परिवार माझ प्रतक्ष्य रुपमा लघुवित्त कार्यक्रम सञ्चालन गरी देशको गरिवी न्यूनीकरणको लक्ष्यलाई सघाउ पु¥याउदै आएको छ । बागलुङ बजारमा केन्द्रिय कार्यालय रहेको संस्थाका हाल १९ वटा शाखा कार्यालय, १३० जना पुर्णकालीन कर्मचारी, ३९ करोड बचत, ८८ करोड लगानीमा रहीरहेको ऋण, ४ करोड संस्थागत कोष र ९२ करोड बराबरको सम्पती रहेको छ ।
संस्थाले वित्तीय कारोवार संगसंगै सदस्यहरुको मानविय समवेदना, सामाजिक सुरक्षा, समयदान तथा समय व्यवस्थापन, समुदायमा सिवाईसी, महिलाहरुको शशक्तिकरण, सञ्जाल गठन, दिगो कृषि लगायत विभिन्न तालिम तथा शिक्षाका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, कार्यसमिति सदस्य सीता शर्माको मन्तव्य र शाखा प्रवन्धक गुमा वस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।