प्रेम सुनार, गुल्मी, २०७४ असार २८ । गत आईतवार पसलमा खाना खाएको भाँडा नमाझेको भन्दै गुल्मी मुसिकोटका एक दलितलाई निर्घात कुटपिट गर्ने आरोपीलाई आज प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । आईतवार दिउँसो करिव साढे ११ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–४ हलोगाडेस्थित शोभा कार्कीको पसलमा खानपिन गरेका भाँडाहरु नमाझेको भन्दै कार्कीले स्थानिय ४२ वर्षिय कर्णबहादुर साकीलाई हल्का हातपात गरेर पठाएकी थिईन । तर पछि उनका छोरा कृष्ण कार्की खोज्दै गएर अर्काको घरमा सुतेका सार्कीलाई लाठीले निर्घात कुटेको पिडितल्े बताए ।
सार्की कुर्घात कुटेर बेहोस भए पछि दलित समुदाय आक्रोषित भएका थिए । त्यस अवस्थामा पिडक पक्षले पिडित सार्की पसल भित्र पिशाव फेरेको र जथाभावी बोलेर सामन्य कुटेका जिकिर गरेका थिए । कुटपिट गरेको प्रत्यक्ष देख्न र बढि नकुट भनेर सम्झाउने त्यसै घरका व्यक्ति ओमबहादुर सिंह हुँदाहुँदै कृष्ण कार्कीले आफुले धकेलेको मात्रै हो , उ आफै लडेर घाईते भएको हो भनेर सञ्चार माध्यमलाई प्रतिकृया दिएका थिए । अहिले प्रहरी हिरासतमा रहेका कार्की विरुद्ध छुवाछुत विभेद् र कुटपिटको मुद्धा दायर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए ।
पिडित सार्की जिल्ला अस्पतालबाट डिस्चार्ज भए पनि हिडडुल गर्न सकेका छैनन् । औषधी उपचार खर्च र श्रीमाति सहित खानपिनको खर्च अभाव भए पछि उनलाई मुद्धा दर्ता लगायतको कामको अवधी सम्म तम्घासमा बस्न समस्या भएको छ । तर पनि तम्घासमा विभिन्न व्यवसाय गरेर वसेका उनका छिमेकी र दलित अधिकारकर्मीहरुले सयोग गर्ने दलित अधिकारकर्मी धर्म बिश्वकर्माले बताए ।