सुमन सुनार, बुर्तिवाङ २०७४ असार २९ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ४ लुकुरवनको गहुखेत भन्ने स्थानमा सञ्चालन भएको ४५ दिने ब्यवसायिक मुढा बुनाई तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग ब्यवसाय समिति शाखा कार्यलय बाग्लुङको आर्थिक सहयोग तथा संगम तालिम तथा परामर्श केन्द्र बाग्लुङको आयोजनामा गत जेष्ठ २४ गते देखि सञ्चालन गरिएको उक्त तालिमको बुधबार एक कार्यक्रमका विच समापन गरिएको हो ।
गरिबी निवारणका लागि उद्यम विकाश कार्यक्रम MEDPA_ अन्र्तगत, उद्यम गरौ उद्यमी बनौ भन्ने मुल नारा सहित गा्रमिण भेगका महिला तथा अन्य नागरिकहरुलार्ई लघुउद्यममा आकर्षित गर्न र आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा त्यस क्षेत्रका १४ जना महिला तथा अन्य नागरिकहरुको सहभागिता रहेको थियो ।
४५ दिन सम्म सञ्चालन भएको तालिममा बाँसका मुढा, ¥याक, कुर्सी लगायतका सामग्री बनाउने शिप सिकाईएको संगम तालिम तथा परामर्श केन्द्र बागलुङकी सहजकर्ता शोभा भण्डारीले बताईन् । आयोजित तालिमको प्रशिक्षण भने शषि रेश्मी मगरले दिएका थिए ।
त्यस स्थानमा प्रसस्त मात्रमा बाँस पाईने हुदा मुढा बुन्ने तालिमले कृषि पेशा संगै फुर्शदको समयमा मुढा बुन्न सकिने भएकाले तालिमबाट सिकेका कुरालाई आत्मसात गर्दै ब्यवसायिक बन्न सके महिलाहरुका लागी अतिरिक्त आमदानिको भरपार्दो स्रोत बन्न सक्ने सहजकर्ता भण्डारीको भनाई थियो ।
लुकुरवन लघुउद्यमी समुहकी सचिव रुना अग्रेजाको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा नं. ४ नुलेखेतका जेष्ठ नागरिक कुल बहादुर अग्र्रेजाको प्रमुख आतिथ्यता रहेको थियो भने समाजसेवी थम बहादुर कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा लुकुरवन लघुउद्यमी समुहकी अध्यक्ष पुनम सुनार, हिमालय आधारभुत विद्यालयकी शिक्षिका निल कुमारी सुनार लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले संगम तालिम तथा परामर्श केन्दले यस्तो खालको तालिमको सञ्चालन गरि समाजमा पछाडि परेका महिला तथा अन्य नागरिकलाई आत्मनिभर बन्न निकै महत्वपुर्ण भुमिका खेलेको भन्दै अझै यस्ता खालका अन्य तालिमहरु पनि सञ्चालन गर्नुपर्ने बताएका छन् ।
त्यस्तै तालिममा सहभागी महिलाहरुले केन्द्रले सञ्चालन गरेको ब्यवसायिक मुढा बुनाई तालिममा ४५ दिनको अवधीमा आफुहरुले धेरै कुरा सिक्ने मौका पाएको भन्दै खुसी ब्यक्त गरेका छन । आफुहरुल तालिमबाट सिकेका कुरालाई आत्मसात गर्दै लैजाने बताएका छन् ।
लुकुरवन लघुउद्यमी समुहकी सदस्य गीता सिर्पालीको स्वागत मन्तब्यबाट सुरुभएको समापन कार्यक्रमको सञ्चालन समुहकी कोषाध्यक्ष पिपला सेर्बुजाले गरेकी थिईन् ।
केन्द्रले ढोरपाटन नगरपालिका वडा नं. ४ का विभिन्न स्थानमा ग्रामिण भेगका महिला तथा अन्य नागरिकलाई घरेलु उद्यम तर्फ आकर्षित गर्ने उद्धेश्यले ब्यवसायिक सिलाई कटाई तालिम, ब्यवसायि कुखुरापालन तालिम, ब्यवसायिक चुरा बनाउने तालिम लगायतका विभिन्न शिपमुलक तालिमको आयोजना गरिसकेको छ ।