Sorry, that menu does not exist.
 

२०४ औ भानु जयन्तीका अवसरमा बम सरस्वती पुरस्कारबाट साहित्यकार गोर्खे साईलो सम्मानित

कोपिला कंडेल, बागलुङ २०७४ असार २९ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई प्रदान गरेको छ । । २ सय ४ औ भानु जयन्तीका अवसरमा धौलागिरी साहित्य प्रतिष्ठानव्दारा आयोजित श्रस्टा सम्मान एबं सृजना बाचन कार्यक्रममा लामिछानेलाई नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।

लामिछानेले नेपाली भाषा र साहित्यको उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठानले नगर रु १० हजार र सम्मान पत्र सहित सम्मान गरेको हो । बागलुङको मूलपानी घर भई बैदेशिक रोजगारका लागि बेल्जियममा रहेका कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापित पुरस्कारबाट लामिछानलाई पुरस्कृत गरिएको हो । पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्षसमेत रहेका लामिछाने साहित्यिक क्षेत्रमा ‘गोर्खे साइँलो’ नामले परिचित छन् ।

लामिछानेलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाली साहित्यको बिकास र सम्मृद्धिका लागि आआफ्नो क्षेत्रबाट सबै लाग्नुपर्नेमा जोड दिए । उनले भाषा साहित्य र कलाको बिकासका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने बताए ।

त्यसैगरी सम्मानित ब्यक्तित्व लामिछानेले प्रतिष्ठानले दिएको सम्मानले साहित्य क्षेत्रमा लाग्नका लागि थप प्रेरणा मिलेको बताए ।

सो अवसरमा बोल्ने सहभागिले आदिकबी भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानलाई सदैब स्मरण गर्नुपर्ने बताए । सहभागिले भाषा साहित्यको संरक्षण र प्रबद्धन गर्न सकेमात्र आदिकवि भानुभक्त आचार्य प्रतिको सच्चा सम्मान हुनेमा जोड दिए ।

कार्यक्रममा मधुश्री साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष धनराज साप्कोटा जिज्ञासु, सर्जक भरत बिवस पौडेल, कोपिला कंडेल, सुशान्त परियार एसपी बिर्सजन , गोबिन्द सुबेदी, सृजना काकी, अमर स्पन्दन,कृपा पौडेल लगायतले सृजना बाचन गरेका थिए ।

त्यसैगरी यसवर्षको स्थलगत भानु चित्र लेखनमा जोहन बज्राचार्य उत्कृष्ट भएका थिए । बज्राचार्यलाई धौलागिरी साहित्य प्रतिष्ठानले पुरस्कृत समेत गरेको थियो ।

सो अवसरमा सम्मानित लामछिानेको ब्यक्तित्व बारे कृपा पौडेलले प्रकाश पारेकी थिईन् । कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठान बागलुङ्गका अध्यक्ष कोजिरोशनको अध्यक्षता, सदस्य हरी प्रसाद पाण्डेको स्वागत मन्तब्य र सदस्य सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply