प्रेम सुनार, गुल्मी, २०७४ असार २९ । गुल्मीको धुर्कोट गाउँपालिकाका तिन वटा वडाहरु क्रमशः साविकको हाडहाडे, पिपलधारा र नयाँगाउँ गाविसका जनतालाई अहिलेको गाउँपालिका संग कतै मोटर बाटो नजोडिएका र कतै नियमित सुचारु हुन नसक्ने मोटरबाटो भएका कारण गाउँपालिका कार्यालयमा हिडेर ३ घण्टा लाग्छ भने गाडीमा चढेर जानु प¥यो भने ६ घण्टा भन्दा बढि समय लाग्ने गर्दछ ।
धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे गाविसको माथील्लो भेगका जनतालाई गुल्मी तिरबाटै गाउँपालिका आउनलाई पुर्कोटदह वाग्ला हुँदै आउनु पर्दछ । धुर्कोट रजस्थलबाटै आउनकालागि त्यो सडक वर्षायामा ठप्प छ । अहिले त्यहाँका जनता अर्घाखाँची हुँदै झण्डै चार घण्टाको यात्रा गरेर सदरकुम तम्घास आउँछन र झण्डै साढे दुई घण्टाको यात्रा गरेर धुर्कोट गाउँपालिकाको कार्यालय जैसीथोकको वरवोट पुग्ने गरेका छन् ।
त्यस्तै पिपलधा र नयाँगाउँका जनतालाई हिडेर करिव डेढ घण्टा लाग्छ भने गाडीको यात्रा गर्नलाई कम्तीमा घण्टा लाग्द छ । उनिहरु पनि गाडीमा सदरमुकाम तम्घास नै आएर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता रहेको छ । हाडहाडेमा वर्षऔं अघि मोटरबाटो सञ्चालनमा ल्याईए पनि हिउँदमा समेत गाडी आवत जावत गर्ने कठिन हुने गरेको छ । अहिले यो वर्षायाममा गाउँपालिका आउन झण्डै ६ घण्टा लाल्ने त्यस वडाका नव निर्वाचित वडाध्यक्ष विष्णु थापा श्रीस्ले बताए ।
वडा नम्वर १ नयाँगाउँ र वडा नम्वर २ पिपलधारामा त गाउँपालिका संग मोटरबाटो नै नजोडिएको र पैदल यात्रा गर्न यो वर्षायाममा पुल समेत नभएका कारण समस्या भएको वडा नम्वर १ का नव निर्वाचित वडाध्यक्ष कमल थापाले बताए ।
यता सदरमुकाममा जसोतसो आए पनि सदरमुकामबाट त्यस गाउँपालिकामा पुग्ने मोटरबाटो गाडी अगाढी बढाउनै मुस्कील पर्ने रहेको छ । जैसिथोकको ठाउँ ठाउँमा पहिरो र हिलोमा गाडी फसेर घण्टौ गाडप् डेल्दै र ढुङ्गा विचाउँदै वस्नु पर्ने गरेको छ । गाउँपालिका प्रमुख सहित सदरमुकामबाट पदभार ग्रहण गर्न पुगेका त्यस वडाका पदाधिकारीहरु स्वयमले पनि जनताले दिनहुँ भोग्ने सास्ती भोग्दै पुगेका थिए ।त्यस्तै गाउँपालिकाको भौतिक पुर्वधारको अभावमा त्यस धुर्कोट गाउँपालिका प्रमुख , उपप्रमख क्रमशः भुपाल पोखरेल र शिवबहादुर खत्री सहितका पदाधिकारीहरुले त्रिपाल मुनी पदभार ग्रहण गरेका छन् ।
हिउँदभरी त्यस सडक स्तर बृद्धि गर्न गरिएको करोडौं खर्च वालुवामा पानी खनाए जस्तो भएको छ । बनाईएका नाली भत्केका छन् । विछाईएका गिडी वालुवाको थातथलो छैन् । गाडी अवरुद्ध हुँदा तत्काल डोजल बोलाउने अवस्था छैन । किनकी डोजरवालाहरु यति वेला असारे विकास फच्यौेटका लागि जिल्ला विकास समिति र राष्ट्रिय वाणीज्य बैंकमा भिडम्भाड जम्मा भई रहेका छन् । काम के कस्तो भयो रु भनेर अनुगमनकारी निकाय चेकमा हस्ताक्षर गर्न मै व्यस्त रहेका छन् । असारे विकास रकम भुक्तानी यो समाचार तयार पार्ने बेला सम्म झण्डै दुई अर्व भुक्तानी भएको त्यस बैंकका प्रवन्धक हरिप्रसाद पाण्डेले बताए ।
जहिले आँप उहिले झटारो भन्ने उखान झै हिउँदभरी सुस्तगतिमा काम जव वर्षायाम सुरु भयो तव तिव्रगतिमा डोजर चलाउँदा यातायात सेवामा मात्र अवरुद्ध भएको छैन , जनताको घरवास र मुखा परी सकेको खेती समेत खोसदै गएको छ । असारे विकासको देश व्यापी रोग यहाँका राजनैतिक दल र संवन्धित निकायले निको पाछौं भनेको धेरै भए पनि चाल उस्तै ताल पनि उस्तै भने जस्तो हुँदै आएको छ ।