बागलुङ २०७४ असार ३० । बागलुङ नगरपालिकाको प्रथम नगर सभामा आर्थिक बर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर,सुन्दर समृद्ध ,सांस्कृतिक बागलुङ नगरको दीर्घकालिन लक्ष्य प्राप्तीका लागि “पर्याप्त पुर्वाधार सहितको कृषि व्यापार पर्यटन र रोजगार समृद्ध बागलुङ नगर निमार्णको आधार भन्ने मुल मन्त्रका साथ नगरप्रमुख जनकराज पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा नगर क्षेत्रमा रहेका महत्वपुर्ण धार्मिक पर्यटकीय गन्तव्यहरु कालिका भगवती मन्दिर, पञ्चकोट भैरवस्थान, भकुण्डे, संसारकोट बौडाईचौर, रंगवेकटेश्वर मन्दिर,निरयघाट क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरिने भएको छ ।
बागलुङ नगरका सास्कृतिक तथा धार्मिक महत्वका स्थानहरुको बृहत्तर अध्ययन गरी योजना तयार गरी गुरु योजना अनुसार लगानी केन्द्रित गर्ने,नगरका भित्र नगर बस सेवा संचालन गरिनुका साथै सडकको स्तरबृद्धि गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।
शहरी बस्तीलाई व्यवस्थितगर्न घर नक्शा स्वीकृतिलाई दुई चरणमा गर्ने साविकको व्यवस्थालाई यथावत कार्यान्वय गरिने, सिटि हलको लागि जगगाको उचित व्यवस्थापन गरी,उत्पादन र उत्पादकत्वका आधारमा बिशेषलाई कृषिका पकेट क्षेत्रको विकास गरिने,कृषि तथा पशुपालन र घरेलु उद्यमसग सम्बन्धित व्यवशायमा संलग्न उद्यमिहरुलाई उत्पादन लक्षका आधारमा अनुदान सहयोग कार्यक्रम सञ्चालन गरिने,सहकारी क्षेत्रलाई नगरको आर्थिक विकासको एक आधार स्तम्भको रुपमा विकासगर्न उत्पादन मुखि सहकारीमा जोड दिने निति रहेको नगरप्रमुख पौडेलले बताए । नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह गरिने दैनिक सेवालाई छिटो ,छरितो सरल जनमुखी पारदर्शी बनाउने लगाएका ४० वटा बुदामा नीति तथा कार्यक्रममा उल्लेख छ ।