Sorry, that menu does not exist.
 

ढोनपाको प्रथम नगर परिषद सम्पन्न: विनियोजित रकम दुरुपयोग हुन नदिने नेपालीको प्रतिबद्धता

बुर्तिवाङ २०७४ असार ३१ । ढोरपाटन नगरपालिकाको प्रथम नगर परिषद शुक्रबार सम्पन्न भएको छ । नगर प्रमुख देवकुमार नेपालीले आर्थिक बर्ष २०७४⁄७५ को बार्षिक बजेट तथा निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

नगरपालिकामा आर्थिक बर्ष २०७४⁄७५ मा २८ करोड ३३ लाख ८६ हजार बजेट बिनियोजन गरिएको छ । यस्तै यस आर्थिक बर्षमा आन्तरिक आम्दानी तर्फ २९ लाख ७० हजार राजश्व बाँडफाँड तर्फ ६ करोड, बित्तिय समानुकरण अनुदान १९ करोड ३ लाख ४ हजार, ससर्त अनुदान ८ करोड ९५ लाख १२ हजार गरी कुल २८ करोड ३३ लाख ८६ हजार आयको अनुमान गरिएको छ ।

बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख नेपालीले कृषि, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र उर्जा क्षेत्रलाई प्राथमिकता दिएको बताउदै विनियोजित रकमको पूर्ण पारदर्शिता गरिने र रकम दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले आफुहरुको समग्र टिम समाज रुपान्तरणमा एकजुट रहेको बताउँदै सबैको सहमतीबाट बजेट ल्याईएको र यति बजेटले मात्र नगरको बिकास अगाडि बढाउन नसकिने भन्दै आफनो टिम केन्द्र सम्म थप बजेट र योजनामागका लागि पुग्ने बताए ।

राष्ट्रिय एवम अन्तराष्ट्रिय स्तरबाट यस नगरपालिकालाई सहयोगका कार्यक्रमको आश्वासन आईरहेको कारण त्यसलाई फलोअप गर्दे अगाडि बढ्ने र बिकट गाँउ क्षेत्रदेखि शहरकेन्द्रित बिकासमा जुट्ने बताए ।

त्यस्तै नगरपालिका उपमेयर कर्मती पुन द्धारा बार्षिक बजेट निती तथा कर्याक्रम माथि प्रकाश पार्दे बिनीयोजित बजेट मध्य शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृर्षि, प्रर्यटन बिकास , जेष्ठ नागरिक सम्मान , बालबालिका केन्द्रित कार्यक्रम, युवा लक्षित स्वरोजगार कार्यक्रम तथा तालीम, महिला लक्षित तालीम तथा रोजगार मुलक कार्यक्रम अपाँग मैत्रि कार्यक्रमलाई प्राथमिकता दिएको प्रतिबेदन प्रस्तुत गरेकी थिईन ।

नगर परिषदमा सबै क्षेत्रको समानुपातिक बिकास र हित हुने कार्यक्रम ल्याइएको बताउँदै अबको कार्ययोजनामा प्रर्यटकीय नमुना नगर बनाउन एयरपार्ट स्थल , सडक कालोपत्रे, मोटरेबल पुल, स्वरोजगार मुलक कार्यक्रम लागएतका बिषयमा ध्यान केन्द्रित गर्दे बिभिन्न निकाय समक्ष पहल कदमी अगाडि बढाईने बताईएको छ ।

कार्यक्रममा ढोनपा ४ का अध्यक्ष तिलक पुनल स्वागत गरेका थिए ।

नगरपालिका अन्र्तगत नौ वटै वडाका वडा अध्यक्ष एवम सदस्य, बुर्तिबाङ स्थित बिभिन्न सरकारी निकायका प्रमुख, गैरसरकारी सँघसँस्थाका प्रतिनीधि, प्रहरी, प्रशासन , पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply