Sorry, that menu does not exist.
 

बागलुङकी खिमा रोकाको ‘नाँच पुतली नाँच’ र लक्ष्मी गौतमको ‘चेलीको वेदना’ बजारमा

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ असार ३१ । नारीहरुको महान चाड तीज नजिकिदै जाँदा लोक कलाकारहरुले नयाँ नयाँ भाकाका तीजी गीतहरुको भिडियो सार्वजनिक गििररहेका छन् ।

यसै सिलसिलामा ईन्द्रेणि साँस्कृतिक विकास केन्द्रको प्रस्तुतिमा गायिका खिमा रोकाले मौलिक तीजगीत गत साता ईन्द्रेणिको यूट्यूब च्यानलबाट सार्वजनिक गरेएको छ भने अर्की लोक गायिका लक्ष्मी गौतम र स्वरुपा रसाईलीको स्वरमा चेलीको वेदना तीजी गीतको भिडियो सार्वजनिक भएको छ ।

खिमा रोकाको तीजगीतमा दिपेन्द्र खड्काले शव्द लय तयार पारेको गीतको संगित संयोजन विवि अनुरागीले गरेका छन् ।

प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकड गरि तयार पारिएको गितमा खिमा रोकाले स्वर दिएकि छिन्। तीजको मौलिक लयमा वर्तमान परिवेशलाई समाबेश गरि शव्द तयार भएकोले गीत समय सान्दर्भिक भएको छ ।

गीतको म्युजिक भिडियो प्रकाश भट्टको निर्देशनमा जस्मिना रोका मगर र शोनि थापाले मुख्य नाचमा छन् करण चैसिरले खिचेको हुन् ।

खिमा रोका र खगेन्द्र विश्वकर्माको आवाजमा यश अघि केशव क्षितिजको लोक दोहोरि गित पनि सार्वजनिक भएको छ । पछिल्लो समय खिमा रोका प्रतक्ष कार्यक्रम सहित रेकर्डिङ गीतमा पनि व्यस्तता बढेको बताउछिन् ।


अग्रज गायिका लक्ष्मी गौतमले चेलीको बेदना लिएर बजारमा आएकी छिन। निकै मौलिकता बोकेको गीत चेलीको बेदना यसपालीको उनको दोश्रो तीज गीत हो। केहि दिन आगाडी उनले तेजस रेग्मी संगको सहकार्यमा यसै त रोइरहने मन लिएर बजारमा आएकी थिइन्। उनको यसै त रोइरहने मन बजारमा निकै चर्चा बटुल्न सफल भएको छ भने यो चेलीको बेदनामा भने गायिका लक्ष्मी गौतमको आफ्नै शब्द संगीत रहेको छ। हिजो भर्खर मात्र बजारमा आएको यो गीतमा पुराना गाउ घरमा गाइने गीतको भाव भेट्न सकिन्छ ।यसकारण पनि गायिका लक्ष्मी गौतमलाइ नेपाली संगीत क्षेत्रकी मौलिकताकी खानि पनि भन्न सकिन्छ।

यो चेलीको बेदना गीतको पनि म्युजिक भिडियो उत्कृस्ट बनेको छ। म्युजिक भिडियोमा करुणा पुनले अभिनय गरेकी छिन। भिडियोको निर्देशन चर्चित निर्देशक शंकर बि सी ले निर्देशन गरेका हुन्। भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् भने भिडियोको सम्पादन नबिन घर्ति मगर ले गरेका हुन्। यस गीत तथा भिडियोलाई कामना डिजिटल प्रा लीले बजारमा ल्याएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply