Sorry, that menu does not exist.
 

गुल्मीको धुर्कोट गाउँपालिकामा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई

प्रेम सुनार, गुल्मी, २०७४ असार ३१ । गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ । धुर्कोट गाउँपालिकामा जिल्लामै पहिलो पटक मेशिनबाछ धान रोपाई सुरु गरिएको हो । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोग र जनविकास केन्द्र गुल्मीद्धारा संचालित जलवायु परिवर्तन मैत्रि कृषि प्रविधि तथा जन उत्थान प्रर्वधन कार्यक्रमले सो गाउँपालिकामा धान रोप्ने मेशिन प्रदान गरेको थियो । उमेदवार हुनु अघि सम्म जनविकास केन्द्रको अध्यक्ष रहेका धुर्कोटगाउँपालिकाका नवनिर्वाचि गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको विशेष पहलमा उक्त मेशिन धुर्कोट गाउँपालिकामा भित्रिएको स्थानि पत्रकार हुमकान्त पोखरेलले जानकारी दिए ।

उक्त मेशिन धुर्कोट अन्तर्गत उक्त मेशिन झिको पहल आफु सहितको विजयी टिमले गरेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । आधुनिक मेसिनद्धारा धान रोपिएको हो ।धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त विजयी प्यानलले चुनाव ताका गरेको प्रतिबद्धता अनुरुप उक्त मेशिन झिकाएर जिल्लामै पहिलो पटक त्यस गाउँपालिकामा मेशिनले खेत रोपाई सुरु गरिएको हो ।

बढ्दो जलवायु परिवर्तन अनुकुल धान खेती किसानहरुको आम्दानीमा बृद्धि गर्नको लािग आधुनिक मेसिन धुर्कोट गाउँपालिकामा ल्याउने पहल गरिएको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए । धमेसिनको धुर्कोट सो गाउँगाउँपालिकाको वार्ड नम्बर ४ जैसिथोकका नवनिर्वाचित वडाध्यक्ष मान बहादुर कुँवरले मेशिनबाट धान रोपाईको उदेघााटन गरेका थिए ।

जैसिथोक साविकको वार्ड नम्बर ५ निवासी युवा किसान तुल्सीराम कुँवरको खेतमा सो मेसिनको उद्घाटन गरिएको हो । कुँवरको करिब डेढ रोपनी खेतमा ६ वटा प्लटहरु निर्माण गरी क्रमश ः पहिलो हुँदै क्रमश हंसराज, खुमल ४, खुमल १०, सुख्खा ४, सुख्खा ६ र सुख्खा –३ गरी ६ जातका धान रोपिएको हो । जलवायु परिवर्तन अनुकुल धान खेती गरी गरीब, दलित तथा पिछडिएको समुदायको आर्थिक विकासका सहयोग गर्ने लक्ष्यका साथ आधुनिक कृषि खेती प्रणाली अन्तरगत भित्रिएको बताईएको छ ।

धान रोप्ने आधुनिक मेसिन चिनको युनानबाट ल्याइएको र यसले लाइट प्लान्टिङ गरी १ घण्टामा १ रोपनी जग्गामा धान रोप्न सकिने सो संस्थाका कार्यक्रम संयोजक थानेश्वर भण्डारीले बताए ।धान रोपाई कार्यक्रममा पूर्व सांसद टंक प्रसाद पोखरेल, जैसिथोकका नवनिर्वाचित वडाध्यक्ष मान बहादुर कँवर, जनविकास केन्द्रका कार्यक्रम संयोजक भण्डारी, जैसिथोकका पूर्व गा। वि। स। अध्यक्ष ठाकुर प्रसाद पोखरेल, पाञ्चायन माध्यमिक विद्यालयका कृषि शिक्षा शिक्षक अर्जुन प्रसाद खनाल, जैसिथोक स्वास्थ्य चौकीका तारा खनाल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

किसानहरुको आय आर्जनमा बृद्धि गर्नेधुर्कोट गाउँपालिकाका वार्ड नम्बर ४ जैसिथोक, वार्ड नम्बर ५ वस्तु र वर्ड नम्बर ६ धुर्कोट रजस्थल गरी ३ वटा वडामा जनविकास केन्दले जलवायु परिवर्तन मैत्रि कृषि प्रविधि तथा उत्थान प्रर्वधन कार्यक्रम संचालन गरेको छ । जसमा ३ वटै वाडाका सम्पूर्ण किसानहरुले मौसम अनुकुल धान उत्पादन गर्न सक्ने संस्थाले जनाएको छ । झण्डै ५० लाखको राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको झण्डै ५० लाखको आर्थिक सहयोगमा ३ बर्षसम्म कार्यक्रम संचालन गरिने संस्थाले जनाएको छ । तर धान रोप्ने मेशिनको मुल्य भने करिव सवा एक लाख पर्ने र विस्तारै किशान स्वयमले पनि खरिद गरेर धान रोप्न सकिने भएको छ । अहिले भर्खर भित्रिएको र सिकाउने दक्ष प्राविधिक आई नसकेकोले केहि वेर स्थानिय प्राविधिक मेशिन जडानमा अलमलमा परेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply