प्रेम सुनार, गुल्मी, २०७४ साउन २ । दैनिक लुम्बिनीका स्तम्भकार प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष खडग बहादुर रिजाल क्षेत्री ९विकास के।सी।० को दुर्घटनामा परी निधन भएको छ ।
के।सी।लाई आइतबार साँझ ८ बजेतिर लु १० प २३१९ नं को स्कूटरमा बुटवलदेखि पूर्वतर्फ जाँदै गर्दा देवदह नपा–१० गणेश प्रतीक्षालय नजिक पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८६२ नं को बसले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो ।
गम्भीर घाइते के।सी। लाई लुम्बिनी अञ्चल अस्पतालले उपचारको लागि युनिभर्सल मेडिकल कलेज रिफर गरेकोमा मेडिकल कलेजमा उपचारको क्रममा उनको सोमबार बिहान ४ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा छातीमा गम्भीर चोट लागेपछि शरीरको भित्री भागमा रगत जमेकाले के।सी।को निधन भएको अस्पतालले जनाएको उपचारको क्रममा संगै रहेका स्वाधीनताका लागि नागरिक अभियानका अध्यक्ष पदमबहादुर कार्कीले बताए । गम्भीर घाइते के।सी।ले नै सुरक्षाकर्मीलाई कार्कीको फोन नं। बताएर बोलाउन लगाएको कार्कीले बताए ।
गुल्मीको कुर्घा गाविसमा वि।स। २०१६ सालमा जन्मेका के।सी। परिवारसहित तिलोत्तमा न।पा। ८ दीपनगरमा बस्दै आएका थिए । स्व। के।सी।को सोमबार देवदहको रोहिणीघाटमा दाहसंस्कार गरिएको छ । के।सी।को पार्थिव शरीरमा मालेमा अध्ययन केन्द्रका प्रवक्ता बिनबहादुर कुँवरले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के।सी।, वरिष्ठ साहित्यकार दिल साहनी, वरिष्ठ अधिवक्ता तेजप्रसाद कणेल, सिद्धार्थ पब्लिकेशन प्रा।लि।का अध्यक्ष एम।बी। विश्वकर्मा लगायत सहभागी थिए । कार्यक्रममा प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष देवेन्द्र घिमिरे, मालेका अध्ययन केन्द्रका विनबहादुर कु“वर, नागरिक अभियानका पदमबहादुर कार्की लगायतले बोल्दै के।सी।को निधनले वाम आन्दोलनमा अपूरणीय क्षति पुयाएको बताएका थिए ।
मालेमा अध्ययन केन्द्रको हाल कार्यबाहक अध्यक्ष रहेका के।सी। वि। स। २०३२ सालदेखि नेकपा मसाल हुँदै राजनीतिमा सक्रिय भएका हुन् । के।सी। २०४८ सालपछि डा। बाबुराम भट्टराई नेतृत्वको विद्रोही मसालको केन्द्रीय सदस्य हुँदै पछि एकता केन्द्रको केन्द्रीय सदस्य समेत रहेर काम गरेको उनका राजनीतिक सहकर्मी बिनबहादुर कुँवरले बताए । उनी स्वाधीनताका लागि नागरिक अभियानका महासचिव समेत रहेका थिए ।
स्व केसी का श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।
तस्वीर- अँस्ती असार ३१ गतेका दिन बुटवलको आश्रित प्रतिष्ठनमा भुपि शिर्षकमा कविता वाचन गर्दै उनै स्वर्गिय केसी र दाहसंस्कार स्थलमा मोहनविक्रम सिंह लगायत