Sorry, that menu does not exist.
 

बागलुङमा युवा परिषदको शाखा कार्यालय स्थापना !

बागलुङ २०७३ माघ ४ । बागलुङमा युवा विकास परिषदकोे जिल्ला युवा समितिको कार्यालयमो प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले उद्घाटन गरेका छन् ।
उद्घाटन पछि बोल्दै प्रजिअ पाण्डेले जिल्लामा नयाँ कार्यालय र कार्यक्रम थप हुनु सुखद बिषय भएको बताउदै शुरुवातमा सीमित बजेटबाट कार्य थालनी भएकाले प्राप्त बजेटको प्रभावकारी रुपमा उपयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा जिल्ला युवा समितिको कार्यालयका प्रमुख कुश्मराज उपाध्यायले कार्यालय मार्फत जिल्लामा सञ्चालन गरिने कार्यक्रममा बारेमा जानकारी दिएका थिए । उनले चालु आर्थिक बर्षमा युवा क्षेत्रमा काम गर्नका लागि कुल २२ लाख १२ हजार २ सय बजेट प्राप्त भएको जानकारी दिए ।

कार्यक्रमको सञ्चालन जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लोकनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

उता, म्याग्दीको सदरमुकाम बेनीमा सोमबार जिल्ला युवा समितिको कार्यालयको उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यालयको औपचारिक उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले विदेशप्रतिको मोहलाई रोक्न युवालक्षित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी प्रेमराज गिरीले जिविस, नगरपालिका र गाविसमार्फत लक्षित वर्गको क्षेत्रमा ठूलो रकम विनियोजन भए पनि खर्च हुन नसकेको बताउँदै युवा समितिबाट आवश्यक समन्वय गरी त्यो बजेटलाई परिचालन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य माधवप्रसाद रेग्मी, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरत केसी र अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले युवा समितिमार्फत स्वरोजगारमूलक कार्यक्रम शुरु गरेर युवा पलायन रोक्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको समापन गर्दै जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्माले हरेक गाविसको १ वडामा १० जना युवालाई समावेश गरी उद्यमशिल कार्यक्रम सञ्चालन हुने जानकारी दिए । कार्यक्रममा कार्यालय प्रमुख घनश्याम पौडेलले जिल्ला युवा समितिमार्फत जिल्लामा सञ्चालन हुने कार्यक्रममाथी प्रकाश प्रकाश पारेका थिए ।

उनले चालु आर्थिक वर्षमा कार्यालयको बजेट १२ लाख १२ हजार रहेको जानकारी गराउँदै युवा महोत्सव, प्रतिभा पहिचानलगायतका कार्यक्रम रहेको बताए ।

तस्वीर- सौजन्य अर्जुन ढकाल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply