Sorry, that menu does not exist.
 

सिवाईसीद्धारा आ.व. ०७४/०७५ को वार्षिक कार्यक्रम तथा बजेट सार्वजानिक

सुमन जि.सी. बागलुङ, २०७४ साउन ५ । चारतारे युवा क्लव सिवाईसी नेपालले आर्थिक वर्ष २०७४÷०७५ का लागि संस्थाको वार्षिक नीति, कार्यक्रम तथा बजेट शुक्रवार एक कार्यक्रमका विच सार्वजानीक गरेको छ ।

संस्थाले देशका ६ जिल्लामा वित्तीय सुविधाको पहुँचवाट टाढा रहेका लक्षीत वर्गका लागि सञ्चालन गर्दै आईरहेको लघुवित्त कार्यक्रम अन्तर्गतको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रमको अवसरमा आगामि वर्षको कार्यक्रम तथा बजेट संस्थाका सि. आन्तरीक लेखा परीक्षक अधिकृत मुक्तिप्रसाद शर्माले प्रस्तुत गरेका थिए ।

प्रस्तुत कार्यक्रम तथा बजेटमा कर्मचारी खर्च, कार्यालय सञ्चालन खर्च, वित्तीय खर्च, समुदायसंग सिवाईसी कार्यक्रम, तालिम गोष्ठि तथा क्षमता अभिबृद्धि कार्यक्रम, वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि, समयदान तथा समय व्यवस्थापन, सिप विकास तालिम लगाएतका कार्यक्रमका लागि ४ करोड ५२ लाख ३ हजार ३ सय २ रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

प्रस्तुत बजेटमा पिछडीएका जनताको आर्थिक अवस्थामा टेवा पु¥याउने, वित्तीय पहुँचभन्दा टाढा रहेका जनतालाई लघुकर्जाको माध्यमवाट सामुहीक जमानीका आधारमा कर्जा सुविधा प्रदान गरी आर्थिक क्रियाकलापमा संलग्न गराई बचत गर्ने वानीको विकास गर्ने, समुदायमा सिवाईसी कार्यक्रम अन्तर्गत संस्थाको कार्यक्षेत्र भित्रका प्रत्येक गाविसमा आकस्मीक कोष र मोटरवाटोको सुविधा नभएका गाविसमा स्टेचर सहयोग, समयदान तथा समयव्यवस्थापन कार्यक्रम अन्तर्गत समाजमा गुम्दै गै रहेको सामाजिक मूल्य मान्यता र असल परम्पराहरुको सम्वद्र्धन, संरक्षण र जगेर्ना गर्ने, कर्मचारीहरुको क्षतमा अभिवृद्धी तथा दक्ष कर्मचारीहरु उत्पादन गर्ने, सदस्यहरुलाई उद्यमशिलता विकास तालिमहरुको आयोजना, सामाजिक सुरक्षा तथा मानविय समवेदनामा सहयोग गर्ने लगाएतका विषयहरुलाई केन्द्रविन्दुमा राखिएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।

गरिब तथा पछाडि पारे पारिएका लक्षीत वर्गको जीवन यापनका लागि सुरुवात गरिएको लघुवित्त कार्यक्रममा पछिल्लो समयमा वित्तीय कारोबार मात्र गर्ने संस्थाले गर्दा समस्या सिर्जना भएकाले सिवाईसीले वित्तीय कारोवारका संगसंगै गैरवित्तीय सेवा सुविधाहरु समेत उपलब्ध गराई सदस्यहरुलाई उद्यमशिलता तर्फ दोहो¥याई सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा आफ्नो वार्षिक नीति तथा कार्यक्रम लक्षीत गरेकाले सोही अनुसार कार्यान्वयन गर्न शाखा कार्यालयहरुलाई अध्यक्ष पौडेलले निर्देशन दिएका थिए ।

संस्थाका कार्यसमिति र व्यवस्थापन टिमको संयूक्त उपस्थितीमा सञ्चालीत कार्यक्रममा संस्थाका संरक्षक पद्मनाथ शर्मा पौडेल र सल्लाहाकार देववहादुर श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।

२०४९ असोज २६ गतेका दिन बागलुङ जिल्लाको तित्याङमा स्थापना भएको संस्थाले हाल १९ वटा शाखा कार्यालय मार्फट प्रत्यक्ष देशका ६ जिल्ला र अप्रत्यक्ष रुपमा २५ जिल्लामा ३८ हजार लघुवित्त कार्यक्रमका सदस्यसंग काम गर्दै आईरहेको छ । संस्थाले आषाढ मसान्तसम्म सदस्यहरुसंगवाट बचत संकलन ४७ करोड, सदस्यहरुको आय आर्जनका क्षेत्रमा ९७ करोड ४७ लाख लगानीमा रहिरहेको ऋण र ६ अरव बराबरको कारोवार गरेको छ भने आ.व. ०७४।०७५ का लागि संस्थाले २१ वटा शाखा कार्यालयहरु पु¥याउने, ४२ हजार सदस्य, ५८ करोड ४५ लाख बचत संकलन, १ अरब २७ करोड लगानीमा वाँकी ऋण र १ अरब ४० करोड बराबरको सम्पती रहने गरी कार्य योजना निर्माण गरेको छ ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत संस्थाका कार्यसमिति सदस्य सीता शर्मा र सञ्चालन प्रवन्धक संगिता शर्मा पौडेल र सहायक शाखा प्रवन्धक कृष्णा कँडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply