Sorry, that menu does not exist.
 

निसीखोला गाउपालिकामा यस बर्ष घरदुरी कर नलाग्ने

तिलक मल्ल, बुर्तिवाङ २०७४ साउन ६ । निसीखोला गाउपालिका कार्यपालिका तथा कार्य समितीको यस आर्थिक बर्षमा पहिलो बैठक बिहीवार सम्पन्न भएको छ ।

गाँउपालिका प्रमुख तारानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका अबसरमा यस आर्थिक बर्ष २०७४⁄७५ मा लगाईने करको दायरा , दैबि प्रकोप ब्यबस्थापन तथा नदीबाट निकासी गरीने ढुङ्गा ,गिट्टी,बालुवाको निकासी तथा ओसार पसारमा लागाईने करको बिषयमा छलफल गरीएको छ ।

कार्यक्रमबाट निसीखोला गाँउपालिकामा घरदुरी कर यस बर्ष नलगाउने निर्णय गर्दे पसल कर, घरबहाल कर, सवारी साधन जस्ता क्षेत्रमा दुई सय देखि एकहजार पाँच सय सम्म करको दायरा निर्धारण गरीएको छ। त्यस्तै दोजर रोलर, स्काभेटर जस्ता साधनमा करको दायरा पाँचहजार सम्म रहने बताईएको छ । गाँउपालिकाको सीमा क्षेत्र भित्र बिभिन्न स्थानमा बालुवा ढुङ्गा, गिट्टीको निकासी हुने हुँदा सम्बन्धित वडाले आ आफनो क्षेत्रको एरीयामा प्रकृया बमोजिम कर लगाउनु पाउने गरी निर्णय गरीएको छ।

त्यस्तै दैबि प्रकोप ब्यबस्थापनका निम्ती नदी नाला र पहिरोको जोखिममा रहेका बस्ती ब्यबस्थापनमा समेत सक्रिय पूर्वक जुट्ने निर्णय गरिएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply