Sorry, that menu does not exist.
 

बल्झिदै शिक्षक पौडेल प्रकरण : घटनास्थल बागलुङ भन्दै अभियुक्त सहित मुद्दाको मिसिल बागलुङ पठाईयो !

महेन्द्र केसी, पर्वत २०७४ साउन ६ । । जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मा नगरपालिका १ पाङ घर भई आईवल एकेडेमी वोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्यूको सम्पूर्ण कागज पत्र मिसिल छानबिनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ ।

पर्वत प्रहरीले लामो छानबिन र अनुसन्धानपछी घटना घटेको स्थल बागलुङ भएको भन्दै छानविन गर्न बाग्लुङ पठाएको हो । गत जेठ २५ गतेदेखि बेपत्ता बनेका पौडेलको शव १५ दिन पछि वागलुङ जिल्लाको जैमुनि गाउँपालिका ८, बेलवगर स्थित कालिगण्डकी नदी किनारमा फेला परेको थियो ।

पर्वत प्रहरीले दिएको जानकारी अनुसार पौडेलको शव वागलुङ जिल्लामा भेटिएको र सोहि जिल्लाबाट पत्र साथ जाहेरी दर्खास्त लगायतका कागजातहरु पर्वत प्रहरीमा प्राप्त भएकाले अनुसन्धान गरिरहेको भएपनि हालसम्मको अनुसन्धान तहकिकात तथा उपलब्ध तथ्य, प्रमाणवाट यस जिल्ला अन्तर्गत वारदात स्थल पुष्टि हुन नआएको हुदा शव फेला परेको स्थानलाई घटनास्थल मानिने भन्दै बागलुङ नै पठाईएको बताइएको छ ।

पर्वत प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयसँगको रायको आधारमा घटनास्थल मानिने मुलुकी ऐन अदालती वन्दोवस्तिको २९ नं. को (२) अनुसार सोही ईलाकाको अड्डावाट हेर्नुपर्छ भनि उल्लेख भएको हुदा सोही अनुसार गर्नु हुन भनि पक्राउ परेका प्रतिवादीहरु र सक्कल मिसिल समेत थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय वागलुङ पठाईएको एक विज्ञप्ती प्रकाशित गदै जनाएको छ ।

शिक्षक पौडेलको परिवारले भने विद्यालयका प्रिन्सिपल र २ जना अभिभावक सहितको मिलेमतोमा हत्या भएको भन्दै छानबिनका लागि जाहेरी दिएको थियो । पर्वत प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको थियो । यता बिद्यालयका अभिभावक, ब्यवस्थापन समिति, बिद्यार्थी तथा प्रिन्सीपल बिमल पौडेलका आफन्तहरुले भने बिनाकारण गिरफ्तार गरि प्रहरीले अनावश्यक दुस्ख दिएको बताएका छन् ।

उता हत्यारालाई कार्बाही गर्न माग गर्दै सदुरमुकाम कुस्मा आएका मृतकका आफन्तहरुको जुलुस शवयात्रा माथि प्रहरीले निर्घात कुटपीट गरेको थियो, जसको व्यापक विरोध भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply