Sorry, that menu does not exist.
 

साबिक बोबाङ गाविसमा चालु आवका लागि ४ करोड ६० लाख रुपैयाँ विनियोजन

बुर्तिवाङ २०७४ साउन ७ । ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ अर्थात साविक बोबाङ गाविसमा चालु आर्थिक वर्षका लागि कुल ४ करोड ६० लाख २७ हजार रुपैयाँ विनियोजन भएको छ ।

स्थानीय संरचना अनुसार ३ वटा वडामा विभाजन गरिएको उक्त स्थानको वडा नं. ७ मा नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल वजेट १ करोड २८ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ , भने वडा नं. ८ का लागि कुल वजेट १ करोड ११ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ । उता वडा नं. ९ मा १ करोड ३० लाख ५० हजार तथा भिन्नै वजेट ढोरवराह मन्दिर संरक्षण तथा प्रवर्दनका लागि ९० लाख गरि २ करोड २० लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।

वडा नं. ७ को वजेट अनुसार शिक्षा तर्फ कुल ७२ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ । जस अनुसार , ज्ञानोदय मा.वि भवन निर्माणका लागि ३६ लाख , ढोरपाटन ज्योती विकास आधारभुत विद्यालयका लागि १८ लाख, बालविकास भवन निर्माण ढारबोटका लागि ४ लाख ५० हजार , बाल विकास प्रा.वि दोगाडीका लागि २ लाख ७० हजार , तीर्थज्योती प्रा.वि भवन मर्मतका लागि २ लाख ७० हजार , घम्पु बाल शिक्षा भवन निर्माणका लागि ९ लाख रुपैयाँ विनियोजन गरिएको हो ।

यस्तै खानेपानी तर्फ नौथर गाउँ खानेपानी पुर्ननिर्माणका लागि ९ लाख ९० हजार तथा संस्कृति संरक्षण तर्फ ढोरपाटन चिसापनी मन्दिर घेरावारका लागि ४ लाख ५० हजार विनियोजन गरिएको छ ।

लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण तर्फ १२ लाख ४० हजार विनियोजन गरिएको छ ।
जहाँ जेष्ठ नागरिक सम्मानका लागि ७ लाख , युवाको लागि प्राविधिक तालिमका लागि २ लाख ७० हजार , महिलाको लागि सिलाई कटाई तालिमका लागि २ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

उता पूर्वाधार विकास तर्फ १४ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ । पुल निर्माण सिगायोघाट ४ लाख ५० हजार , राक्सेघाट सडक निर्माणका लागि ५ लाख ५० हजार र साविकको गा.वि.स भवन मर्मत र शौचालय निर्माणका लागि ४ लाख ५० हजार विनियोजन भएको छ ।

उर्जा, लघुजलविद्युत तर्फ १४ लाख ४७ हजार रुपैयाँ विनियोजन भएको छ । जस अनुसार सामुदायिक लघुजलविद्युत आहयोजना वडा नं ७ कालागि ७ लाख २७ हजार , भुजीखोला तेश्रो विद्युत आयोजनाका लागि २ लाख ७० हजार , पाखाथर तल्लो चौर तटबन्धनका लागि ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै वडा नं. ८ का लागि कुल वजेट १ करोड ११ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ । कृषि तर्फ टनेल निर्माण, औजार र विउ वितरण,का लागि १ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ भने शिक्षा तर्फ ३९ लाख १५ हजार रुपैयाँ विनियोजन भएको छ । , जस अनुसार जनवादी प्रांविको भवन निर्माणका लागि १६ लाख ६५ हजार , नमुना प्रा.वि सेरावाङ को भवन निर्माणका लागि १५ लाख ३० हजार र नौघर टोलमा बाल विकास भवन निर्माणका लागि ७ लाख २० हजार रुपैयाँ विनियोजन भएको छ ।

यस्तै खानेपानी तर्फ १८ लाख रुपैयाँ विनियोजन भएको छ । , जस अनुसार विजौले खानेपानी मर्मतका लागि २ लाख ७० हजार , नौघर टोल खानेपानी मर्मतका लागि २ लाख ७० हजार , धैतानीगाउँ खानेपानी मर्मतका लागि १ लाख ८० हजार , देम्मरेखोला खानेपानी निर्माणका लागि १ लाख ८० हजार , सिकारुखोला खानेपानी निर्माणका लागि १ लाख ८० हजार , तल्लो विजौले धानवेशी खानेपानी निर्माणका लागि १ लाख ८० हजार , नवि खानेपानी निर्माणका लागि ५ लाख ४० हजार विनियोजन गरिएको छ ।

पूर्वाधार विकासतर्फ ३९ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । , जस अनुसार नुनथला खोला पुल ढलानका लागि १ लाख ८० हजार , जनवादी प्रा.वि जनिक पुल ढलानका लागि १ लाख ८० हजार , सिकारु खोला पुल ढलानका लागि १ लाख ८० हजार , विजौले खोला पुल ढलानका लागि १ लाख ८० हजार , नुनथला देखि धैताने गाउँ सम्म सिंढी निर्माणका लागि ६ लाख ३० हजार , सिकारु खोला देखि बिजौले खोलासम्म सिंडी निर्माणका लागि ४ लाख ५० हजार , मसाल गाउँ देखि थाम्का सम्म पैदल मार्गका लागि १ लाख ८० हजार , नुनथला देखि थान्का सम्म घोरेटो बाटो निर्माणका लागि १३ लाख ५० हजार , सिरिमघाट देखि बागदुला सम्म पैदल मार्गका लागि १ लाख ८० हजार , सिरिङघाट पुल मर्मतका लागि ९० हजार , नवि पुल मर्मतका लागि ९० हजार र नवि मोटरबाटो जनवादी प्रावि सम्मका लागि २ लाख ७० हजार विनियोजन गरिएको छ ।

उर्जा, लघुजलविद्युत तर्फ ११ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
भुजी लघुजलविद्युत आयोजनाका लागि ९ लाख , भुजीखोला पाँचौ लघुजलविद्युत आयोजना संरक्षणका लागि २ लाख ७० हजार , वन तथा भु संरक्षण तर्फ ४५ हजार , जलाधार संरक्षण तर्फ २२ हजार ५००तथा जलउत्पन्न प्रकोप नियन्त्रणका लागि २२ हजार ५०० रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै वडा नं. ९ मा १ करोड ३० लाख ५० हजार तथा भिन्नै वजेट ढोरवराह मन्दिर संरक्षण तथा प्रवर्दनका लागि ९० लाख गरि २ करोड २० लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । जस अनुसार , शिक्षा तर्फ ५१ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । योजना अनुसार , जनवादी आधारभुत विद्यालय भवन मर्मतका लागि ४ लाख ५० हजार , सरस्वती नि.मा.वि भवन निर्माणका लागि ९ लाख , जनसेवा प्रा.वि भवन निर्माणका लागि ९ लाख , रुद्रताल प्रा.वि शौचालय निर्माणका लागि ३ लाख ६० हजार , जनचेतना प्रा.वि मर्मतका लागि ४ लाख ५० हजार , दुर्गम प्रा.वि भवन निर्माणका लागि ३ लाख ६० हजार बालज्योती प्रा.विका लागि ४ लाख ५० हजार , ढोरबराहा प्रा.वि घेरावार र मर्मतका लागि ३ लाख ६० हजार , ढोरपाटन बिजौरे खोला स्कुल मर्मत का लागि ९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै खानेपानी तर्फ ११ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।, स्यालपाखे खानेपानी मर्मतका लागि ९० हजार , सेल सुकुरदुङ खानेपानी मर्मतका लागि १ लाख , मोम्ला खानेपानी मर्मतका लागि ९० हजार , दिजा ढोरपाटन खानेपानी मर्मतका लागि १ लाख ८० हजार , काङग ढोरपाटन खानेपानी मर्मतका लागि ९० हजार , पहिरा खानेपानी मर्मतका लागि ९० हजार , कुगु खानेपानी मर्मतका लागि ९० हजार , हालबोट खानेपानी मर्मतका लागि १ लाख ८० हजार
जुरी खानेपानी मर्मतका लागि ९० हजार , भुजी खानेपानी मर्मतका लागि ४५ हजार र दुवाल खानेपानी निर्माणका लागि ९० हजार विनियोजन भएको छ ।

संस्कृति संरक्षण तर्फ १५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । , ढोरपाटन प्रवेशद्धार निर्माण देउरालीका लागि ४ लाख ५० हजार , ढोरपाटन पाखाथर चारगाउँ ढारुक गुम्बा मर्मतका लागि ९ लाख र रुद्रताल बराह मन्दिर मर्मत सुधारका लागि १ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यता लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण तर्फ ४ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । , जेष्ठ नागरिक सम्मानमा ४५ हजार र बोबाङ्ग आमा समुह भवन निर्माणका लागि ४ लाख ५० हजार विनियोजन भएको छ ।

पूर्वाधार निर्माण तर्फ ३० लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ । चोहाँभिर मर्मा हुँदै दुवाल मोटरबाटो निर्माणका लागि ४ लाख ५० हजार , कुगु साम्जा हुँदै निसी मोटरबाटो निर्माणका लागि ४ लाख ५० हजार , होकटखोला, सानोमसुरी हुँदै मोराङ मोटरबाटो निर्माणका लागि २ लाख ७० हजार , फल्लेघर, पातीहाल्ने देउराली मोटरबाटो निर्माणका लागि १ लाख ८० हजार , दुवालखोला काठेपुल मर्मतका लागि ९० हजार , मुम्ला पैरा काठेपुल निर्माणका लागि ९० हजार , मर्माखोला काठेपुल मर्मतका लागि ९० हजार , सुप्राङको काठेखोला पुल मर्मतका लागि ४५ हजार , घारेटो बाटो होकट खोला ठुलो मसुरी हुँदै मर्माका लागि १ लाख ८० हजार , भुसुण्डे हुँदै हालबोट सडक निर्माणका लागि १ लाख ८० हजार , मर्मा हुँदै नकटे पैदल मार्गका लागि ९० हजार , कांगबारे हुँदै जलपार पैदल मार्ग का लागि ३ लाख ६० हजार , ज्योती विकास झो.पु मर्मतका लागि ९० हजार , दिजा काठेपुल मर्मत का लागि ९० हजार , थासमुर काठेपुल मर्मतका लागि ९० हजार , कांग रासिबाङ, नेल मोटरबाटो निर्माणका लागि १ लाख ८० हजार र स्वास्थ्य भवन निर्माण कांगका लागि ९० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यसैबीच उर्जा, लघुजलविद्युत तर्फ १२ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । जस अनुसार , सामुदायिक लघुजलविद्युत आयोजनाको दुगाल फलियाघर विस्तारका लागि २ लाख ७० हजार , सुप्राङ विद्युत मर्मतका लागि ९० हजार र भुजि विद्युत ढोरपाटनका लागि ४ लाख ५० हजार रुपैयाँ तथा नेपाने विद्युत ढोरपाटन निर्माणका लागि ४ लाख ५० हजार विनियोजन गरिएको छ ।

यस्तै जल उत्पन्न प्रकोप नियन्त्रण तर्फ ९ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ । जस अनुसार च्वाभिर खोला तटबन्धनका लागि १ लाख ८० हजार , घट्टेचौर खोला तटबन्धनका लागि १ लाख ८० हजार , सुप्राङ खोला तटबन्धनका लागि १ लाख ८० हजार , ठुलो मसुरी तटबन्धनका लागि १ लाख ८० हजार , दुना पधेरा तटबन्धनका लागि ९० हजार , लाकुरीबोट तटबन्धनका लागि १ लाख ८० हजार विनियोजन गरिएको छ ।

संस्कृति संरक्षणमै नगरपालिका तर्फबाट भिन्नै वजेट व्यवस्था गरिएको छ । उत्तरगंगा मन्दिरको बाईस धारा र शौचालय निर्माणका लागि ४५ लाख तथा उत्तरगंगा मन्दिरको गेट सहित पर्खाल निर्माणका लागि ४५ लाख गरि ९० लाख वजेट विनियोजन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply