Sorry, that menu does not exist.
 

कुनपा- १४ का अध्यक्ष गुरुङ अख्तियारको छानविनमा

साजन परियार, पर्वत २०७४ साउन ७ । कुस्मा नगरपालिका १४ आर्थर डाँडाखर्कका नवनिर्वाचित वडाध्यक्ष भीमप्रसाद गुरुङमाथी आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले छानविन थालेको छ ।

गुरुङमाथी पञ्चकोशी माविको अध्यक्ष हुँदा शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको, पञ्चकोशी पञ्चधाम सहकारीको सचिव र सहकारी पसल व्यवस्थापक हुँदा आर्थिक हिनामिना गरेको, भिडिएफ संस्थाको रकम हिनामीना गरेको जस्ता विषयमा अख्तियारमा तारेखमा वोलाएर अनुसन्धान गरिरहेको जनाएको छ ।

पञ्चकोशी माविको अध्यक्ष हुँदा रकम लिएर शिक्षक नियुक्ति गरेको सम्वन्धमा जिल्ला शिक्षा कार्यालय मार्फत पटक पटक पत्र काटेर जवाफ माग गरिएको अख्तियार पोखराले जनाएको छ । शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको, पञ्चकोशी पञ्चधाम सहकारीको सचिव र सहकारी पसल व्यवस्थापक हुँदा आर्थिक हिनामिना गरेको, भिडिएफ संस्थाको रकम हिनामीना गरेको जस्ता विषयमा गुरुङमाथी अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।

त्यस्तै सहकारी र भिडिएएफ कार्यक्रमको अनियमितताका वारेमा जिल्ला समन्वय समिति मार्फत स्पष्टिकरण लिईरहेको पनि श्रोतले बताएको छ ।

गुरुङले पञ्चकोशी पञ्चधाम सहकारीमा १४ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको छ भने भिडिएफ कार्यक्रमको १२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियारमा मुद्दा दायर भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply