Sorry, that menu does not exist.
 

नगरपालिकाको कर व्यवहारिक नभएको भन्दै बुर्तिबाङका होटल व्यवसायी आन्दोलित

कर समायोजन गरिदिन नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउने तयारी !

प्रशान्त घर्ति मगर, २०७४ साउन ८ । ढोरपाटन नगरपालिकाले होटल व्यवसायीहरुलाई लगाएको कर बढी भएको भन्दै होटल व्यवसायी समिति बुर्तिबाङको आयोजनामा शनिबार भेला सम्पन्न भएको छ ।

नगर परिषदबाट होटल व्यवसायीहरुलाई न्यूनतम वार्षिक १ हजार ५ सय देखि अधिकतम ५ हजार सम्म व्यवसायी कर तिर्नुपर्ने सूची तयार पारेको छ । उक्त व्यवसायी कर व्यवसायीहरुलाई बढी भएको भन्दै यहाँ स्थित होटल व्यवसायीहरुको भेलाले नगर प्रमुखलाई समायोजनका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको समितिका अध्यक्ष धु्रव श्रेष्ठले बताए ।

व्यवसायीक कर सँगै नगरपालिकाको कार्यालयले फोहोर व्यवस्थापनका लागि समेत भिन्नै मासिक रुपमा २ सय देखि १ हजारसम्म शुल्क निर्धारण गरेको भन्दै उक्त शुल्क समेत व्यवहारिक नभएको भन्दै समायोजन हुनुपर्ने माग गरिएको छ ।

व्यवसायीहरुको भेलाले फोहोर व्यवस्थापन वापतको शुल्क मासिक १ सय देखि ३ सयसम्म हुनुपर्ने निश्कर्ष निकाल्दै समायोजनका लागि नगरपालिकालाई आग्रह गर्ने जनाएका छन् ।

नगरपालिकाले लगाएको व्यवसायीक कर तथा फोहोर व्यवस्थापन शुल्क दुवै बढी भएको भन्दै त्यसलाई तत्काल समायोजन गर्न नगरपालिकालाई आग्रह गर्ने व्यवसायीहरुले सहमति गरेकाछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply