प्रेम सुनार, बागलुङ २०७४ साउन ९ । आज विहान बागलुङको ग्वालीचौरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना मध्ये एक जना ३७ वर्षिय हुमेन काउचाको सन्तानको वावु बन्ने धोको त्यस दुर्घटनाले अधुरै पारी दिएको छ ।
करिव ८ वर्ष अघि मिना काउचा संग विवाह बन्धनमा बाँधिएका काउचाको हाल सम्म सन्तान नभए पछि श्रीमती र आफ्नो प्रजनन स्वाथ्यबारे डाक्टर देखि धामी झाक्री सम्म धाउँदै आएका थिए ।
गत वर्ष मात्रै जिल्ला विकास समिति बागलुङबाट करारमा शव ईन्जिनियर नियुक्ती पाई बडीगाड गाउँपालिकाका साविकका गाविसमा सर्वे डिजाईनिङ्ग गर्दै आएका काउचा त्यस भेगका प्रिय व्यक्ति थिए । जलजलाको झुलेडाँडामा रेमिटेन्स व्यवसाय समेत सञ्चालन गर्दै आएका काउचा आज रेमिटेन्सकै कारोवारको शिलशिलामा वामीटक्सारको शाईन रेसुङ्गा र ग्लोवल आईएमई बैंकमा जाँदै थिए ।
अत्यन्तै मिलनसार स्वभावका काउचाको निधनले आफुहरु बोल्न सक्ने अवस्थामा नरहेको स्थानियले बताए । ३२ वर्षिय उनकी श्रमतती मिना सहित घर र छिमेकमा सन्नाटा छाएको र अन्य मृतकका परिवार हुँदै बडीगाड गाउँपालिका प्रमुख मेयरसिंह पाईजा पनि त्यस घरमा पुगेर सहानुभुति प्रकट गरी रहेका छन् । बडीगाड गाउँपालिका वडा नम्वर ४ साविकको जलजला गाविसका काउचा सहित दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जनाको काठमाडौ वीर अस्पतालमा उपचार भैरहेको छ ।
यसै विच सोही दुर्घटनामा एकै परिवारका आमा २६ वर्षिया वालमती पाईजा , १० वर्षिय उनका छोरा दिनेश पाइजा र ६ वर्षिया छोरी दिपशिखा पाइजा, गम्भीर घाईते भएका छन् ।