प्रेम सुनार, बागलुङ २०७४ असार १० । प्रेमको ढोंग रच्दै लामो समय देखि एक दलित महिलासंग यौन मस्ती लिदै आएका गैह्र दलित समुदायका प्रेमीले प्रेमीकाबाट विवाहको दबाव् आए पछि तिनै यौन मस्ती दिदै आएकी प्रेमीकाको निर्ममतापूर्वक हत्या गरी खोलामा फालेको खुलासा भएको छ ।
अनमेल उमेर र समाजमा अमिल्दो जातका कारण गुल्मी पौदीअमराईकी ३५ वर्षिया गीता नेपालीलाई बडीगाड गाउपालिका सक्न्यारका गैह्र दलित समुदायका प्रेमी १८ वर्षिय हिरा वलामी मगरले असार २५ गते राती हत्या गरी बडीगाड खोलामा फालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङले बताएका छन् ।
बडीगाड गाउँपालिका वडा नम्वर २ , सक्नेरका हिरा वलामी मगर र गुल्मीको ईस्मा विवाह भई श्रीमानले हेला गरेपछि तिन सन्तान सहित पौदीअमराई स्थित माईतीको शरणमा बस्दै आएकी मृतक नेपाली र वलामी मगर विच लामो समय देखि प्रेम र अनुचित सम्वन्ध रहेको खुल्न आएको र गीताले विवाह नगरे अब उजुर बाजुर गर्छु भनेर दवाव दिए पछि जातिय विभेद र अनमेल उमेरका कारण उनलाई कर्तव्य ज्यान गरेको पुष्टी भएको जिल्ला प्रहरी प्रमुख एसपी खापुङले इबागलुङलाई बताए।
उनले भने – ‘यी दुई विच प्रेम र अनुचित सम्वन्ध पनि रहँदै आएको पाईयो , गीताले विवाह गरौं नत्र उजुरी दिन्छु भने पछि जात नमिल्ने र उमेर पनि आधा भन्दा बढि गीताको भएका कारण स्वीकार्न नसकी हत्या गरेको निजले नै स्वीकार गरेको छ । ’
गीता नेपालीको शव असार २६ गते विहान खर्वाङ निजकै बडीगाड खोला किनारमा फेला परेको थियो ।
नेपालीको शव भेटिएको दिन साँझ तिर उनले काम गर्ने स्थान लव्दीखोला मोटरेवल पुल निर्माण स्थल अली यतैको एक भट्टीमा गीता, उनकी भाउजु सीता र उनका प्रेमी वलामी मगर बसेर साँझ करिव ८ वजेको समय सम्म वियर लगायतको जलपान गर्दै रमाएको चर्चा बाहिर आएपछी प्रहरी अभियुक्त सम्म पुग्न सफल भएको हो ।
त्यस पछिको समयमा भाउजू सीता घर गएको र नन्द गीतालाई कसैको फोन आएर म पछि आउँछु भन्दै फर्केको भन्ने छ ।
‘ उनकी भाउजु गीतालाई पनि बोलाएर अनुसन्धान गरेको हो, तर उनको हत्यामा संलग्नता नदेखिए पछि छाडियो , हत्या गरेको चाँही वलामी मगरले नै खुलेकोले अभियुक्तलाई थुनामा राखी मुद्दा अगाडी बढाईको छ’–, प्रहरी उपरीक्षक खापुङले भने ।
यता गाउँमा भने यस घटनाका विषयमा नानाथरी कुराहरु चलिरहेका छन् । यी दुई प्रेमीहरुको अनैतिक सम्वन्धबाट गर्भ रहेकोले गीताको हत्या गरेको आशंका स्थानीयले गरेका छन् । पोष्टमार्टम रिपोर्ट सार्वजनिक नभएकाले त्यस्को पुष्टी हुन सकेको छैन ।
स्मरणीयछ, गत साउन ५ गते प्रहरी उपरीक्षक खापुङले गल्कोट एफमा अन्तर्वार्ता दिँदै ‘बडीगाड खोलामा भेटिएको महिलाको हत्याका अभियुक्तहरु प्रहरी अनुसन्धानमा रहेको र उनिहरुले अपराध कबुली सकेको’ बताएका थिए ।
कतिपयले ती महिला संग यौन मस्ती लिँदा केटाले जात खोजेन, जेठो कान्छो उमेर भनेन् , जव विवाह गर्न बाध्य हुनु प-यो तव ज्यानै लियो भन्दैछन् ।
असार २६ गते देखी अनुसन्धानमा रहेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङले साउन १० गते सम्म सार्वजनिक गरेको छैन । यस कारणपनि स्थानीयहरुवीच विभिन्न तर्कबितर्कहरु हुने गरेको हो ।
मृतक गीता नेपालीको अनुहारमा देखिएका घाउहरुले निजको हत्या निर्ममतापूर्वक गरिएको पुष्टी हुन्छ । उनिहरु कुन भट्टी पसलमा बसेर मदिरापान गरेका थिए ? प्रेमी हिरा बलामीमगर एक्लैले गीता नेपालीको हत्या गरी बडीगाड नदीमा फाल्न कति संभव छ ? साथै बसेर मदिरा सेवन गरेकी भनिएकी भाउजू सीताले समयमै किन मुख खोलिनन् ? गीताको हत्यामा अरुको पनि संलग्नता हुन सक्ने स्थानीयको आशंकाको निवारण कसरी हुन्छ ? गीताको पेटमा अवैध गर्भ नरहेको भए ‘बिहे गर नत्र उजुरी गर्छु…’ भन्ने गीताको धम्कीले मात्रै कथित प्रेमी बलामी मगर डराउनु पर्ने अवस्था थिएन भन्ने चर्चा पनि गाउघरमा चलेको छ ।
गीता नेपालीको क्रुरतापूर्वक हत्या गरिएको शव देखेपछी किन, कसले कुन परिस्थितिमा कसरी यो जघण्य अपराधलाई अन्जाम दिए होला ? भन्ने आम जनमानसमा प्रश्न (जिज्ञासा) उठ्नु स्वाभाविक हुन्छ ।
अनि अर्कोतिर मृतक नेपालीको अनुहारमा देखिएको घाखत हेर्दा दुबैवीच झगडा भए होला, उनी चिच्याएकी होलिन्, हार गुहार मागी होलिन्, कुन निर्दयी हत्याराले यसरी उनलाई मारे होला ? आदि जिज्ञासा मनमा आएर मृतक प्रति सहानुभूति एवं मायाँ पलाएको अवस्थामा घटना (वारदात)को बास्तविकता छिटो थाहा पाउन आम नागरिक आतुर देखिन्छन् ।
गीता हत्या काण्डमा संलग्न अभियुक्तहरु उम्कन नपाउन् हत्या काण्डको गम्भीरतापूर्वक अनुसन्धान गरियोस भन्ने स्थानीयको जोडदार माग रहेको छ ।
सुनौ जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ संग इबागलुङका संपादक प्रेम सुनारले गरेको कुराकानी:
यो पनि पढौं
बडीगाड खोलामा फेला परेको यो शव, कहाँ कि महिलाको होला ?
बडीगाड खोलामा फेलापरेको महिलाको शव गुल्मी अमराईकी गीता नेपालीको भएको खुलासा
अपडेट: गीता नेपाली हत्याकाण्डका अभियुक्त पक्राउ, सोधपुछका लागि पुलका ठेकदार पनि तानिए !
गीता नेपाली काण्डका अभियुक्त जिप्रका बागलुङ चलान
बागलुङ जिल्लामा योजनावद्ध रुपमा गरिने अपराध एकदमै न्यून छ : प्रहरी उपरीक्षक खापुङ