पर्वत २०७४ साउन ११ । नेपाली काँग्रेसबाट चुनाव लडेर एक पटकपनि पराजयको मुख नदेखेका अर्जुनप्रसाद जोशी आज घोषणा हुने मन्त्रीपरिषदमा पर्ने निश्चित मानिएको छ । पर्वतमा नेपाली काँग्रेसका खम्बा मानिएका जोशी यस अघीका मन्त्रीपरिषदमा पर्ने अडकलबाजी गरिएपनि मन्त्री बन्न सकेका छैनन् । पर्वत जिल्लाको १ नं क्षेत्रबाट अविच्छिन्न सांसद रहेका जोशी आज बन्ने मन्त्री परिषदमा समावेश गरिए पर्वतमा काँग्रेसमात्र नभएर अन्य राजनैतिक दलहरु र जिल्लावासीमा खुशीयाली छाउने बताईएको छ ।
नेपाली काँग्रेसका पुराना नेता एवं तत्कालीन जिल्ला पन्चायतका सभापति समाजसेवी स्व. अमृतप्रसाद जोशीका सुपुत्र अर्जुनप्रसाद जोशी यस पटकको मन्त्री परिषदमा समावेश गरिने पक्का भएको काँग्रेसीबृत्तमा चर्चा छ । उनी प्रधानमन्त्री एवं पार्टी समापति शेरबहादुर देउवाको प्यानलबाट मन्त्री बन्ने निश्चित भएको श्रोतले बतायो । देउवा समूहबाट उनी सहित मीन विश्वकर्मा, वीरबहादुर बलायर र अम्बिका बस्नेतको नाम मन्त्रीमा टुंगो लागेको छ भने पार्टी उपाध्यक्ष रामचन्द्र पौडेल समूहबाट रामकृष्ण यादव, राजन केसी, सञ्जय गौतम र यज्ञबहादुर थापाको नाम देउवालाई बुझाइएको श्रोतले बतायो । उता खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत र कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान मन्त्री बन्ने बताईएको छ ।
चुनाव लडेर एक पटकपनि पराजयको मुख नदेखेका सांसद जोशी मन्त्री बन्ने पक्का !
२०७४ श्रावण ११, बुधबार ०७:०४
Home Slider, Top News, प्रमुख समाचार
Related Posts
२०७८ असार ३, बिहीबार १५:१३
वर्षाले पर्वतको जलजला गाँउपालिकामा ५० परिवार विस्तापित
२०७७ मंसिर २५, बिहीबार ०८:३३