Sorry, that menu does not exist.
 

निसीखोला गाँउपालिका ३ बोहोरागाँउमा ६ महिने सिलाई कटाई तालिम सम्पन्न

सुमन सुनार, २०७४ साउन ११ । निसीखोला गाँउपालिका वडा नं. ३ बोहोरागाँउमा ६ महिना अघि सुरु गरिएको सिलाई कटाई तालिम मंगलबार सम्पन्न भएको छ ।

धौलागीरी शीप विकास केन्द्र बाग्लुङको आयोजना र बोहोरागाँउ महिला विकास समितिको सहजीकरणमा गत २०७३ फागुन महिना देखि बोहोरागाँउ महिला विकास समितिको भवनमा उक्त तालिम सञ्चालन गरिएको थियो ।

समाजमा पछाडि पारिएका महिलाहरुलाई शीप सिकाई घरेलु उद्यम तर्फ आकर्षित गर्न तथा उनिहरुको क्षमता अभिबृद्धि गराई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको बताइएको छ । तालिममा निसिखोला गाँउपालिका वडा नं. ३ र ४ का गरि ३० जना महिलाहरुको सहभागिता रहेको थियो । ६ महिनासम्म सञ्चालनमा रहेको तालिममा सहभागीलाई सिलाई कटाई सम्वन्धी पुनम हिजाले मगरले प्रशिक्षण दिएका थिए ।

बोहोरागाँउ महिला विकास समितिका अध्यक्ष भोटु कुमारी चन्दको अध्यक्षतामा भएको समापन कार्यक्रममा निसिखोला गाँउपालिकाका अध्यक्ष तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गर्न तालिममा सहभागी महिलाहरुलाई आग्रह गरेका थिए । पौडेलले धौलागिरी शिप विकास केन्द्र बागलुङले गाँउ गाँउमा यस्तो तालिमको आयोजना गरि घरायसी काममा मात्र सिमित गराईएका महिलाहरुको क्षमता विकासमा निकै महत्वपुर्ण भुमिका खेलेको भन्दै केन्द्रले आगामी दिनमा पनि यस्ता खालका अन्य सिपमुलक तालिमको आयोजना गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा प्रशिक्षार्थी निर्मला रेग्मी, बोहोरागाँउ महिला विकास समितिका सचिव भानिकला रेग्मी, पत्रकार मिलन हमाल लगायतले मन्तव्य दिएका थिए ।

समापन कार्यक्रमकै अवसरमा तालिमका प्रशिक्षक पुनम हिजाले मगरलाई खादा अविर र फुलमाला लगाएर सम्मान समेत गरिएको थियो ।

तालिमका प्रशिक्षार्थी हिमला क्षेत्रिको स्वागत मन्तब्य रहेको समापन कार्यक्रमको सञ्चालन सामाजिक परिचालिका सुमित्रा शाहीले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply