काठमाडौँ २०७४ साउन ११ । नेपाली काँग्रेसले टुंगो लगाएको १० जना मन्त्रीहरुको सूचीमा पर्वत जिल्लाका सांसद अर्जुन प्रसाद जाोशीको नाम छैन । आज अन्तिम समयमा आएर सांसद जोशीको नाम काटिएको छ । विहान सम्म जोशीको नाम मन्त्रीको लिस्टमा रहेको थियो ।
आज सपथ लिने सूचीमा परेका मन्त्रीहरुमा भीमसेनदास रक्षा, वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात, यज्ञबहादुर थापा कानुन, मीन विश्वकर्मा वाणिज्य, मोहन बहादुर बस्नेत सूचना तथा सञ्चार, सञ्जय गौतम सिँचाई, रामकृष्ण यादव कृषि राजन केसी युवा तथा खेलकुद, अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण र महेन्द्र यादव खानेपानी तथा सरसफाई रहेका छन् ।