बागलुङ २०७३ माघ ४ । कालिका भगवती गुठी ब्यवस्थापन समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी चालु आवको साउन देखी पुस मसान्त सम्म ६ महिनाको आय ब्यय विवरण सार्बजनिक गरेको छ ।
सार्वजनिक गरिएको आय व्यय विवरण अनुसार २०७३ साउन १ गते देखि पुस मसान्त सम्म रु ८१ लाख ९२ हजार १ सय ८४ रुपैया आम्दानी भएकोमा सोहि अवधिमा २२ लाख १५ हजार ५ सय ९६ रुपैया विभिन्न शिर्षकमा खर्च भएको छ ।
ब्यवस्थापन समितिले गत आर्थिक वर्षको जिम्मेवारी सर्न आएको रु १ करोड ८६ लाख १२ हजार ७ सय ३३ र चालु आवको ६ महिनाको आम्दानी (खर्च कटाएर बाँकी रहन आएको) ४६ लाख ९८ हजार ८ सय १२ रुपैयां गरी जम्मा २ करोड २५ लाख ८९ हजार ३ सय १२ रुपैयां बैँकमा मौज्दात रहेको जनाएको छ ।
कालिका भगवती गुठीको आय बिवरण अनुसार भेटी,मुढ,परेवा आदीको आय ४७ लाख ४ हजार ६ सय २२ रुपैयां, सटर भाडा १२ लाख ६८ हजार ३ सय ४० रुपैयां, आर्थिक सहायता १६ लाख ७५ हजार ८ सय ६६ रुपैयां भएको छ ।
यसै गरी बिवाह ब्रतबन्ध शुल्क ८१ हजार ४ सय रुपैया, दाउरा बिक्रि ४ हजार ६ सय रुपैया, पिकनिक स्पर्ट शुल्क ५८ हजार रुपैयां, पार्किङ शुल्क १ लाख २७ हजार ८ सय रुपैयां तथा विद्यृत महशुलबाट ५ हजार ४ सय रुपैया आय भएको छ । बैक ब्याजबाट २ लाख ६६ हजार १ सय ५६ रुपैया आय भएको छ ।
सार्बजनिक गरिएको बिवरण अनुसार व्यय तर्फ तलब ५ लाख ३८ हजार ४० रुपैया, कर्मचारी भक्ता १ लाख ४० हजार ५ सय, सरकारी पूजा १ लाख १२ हजार ६ सय ५०, विद्यृत महशुल ५६ हजार ४ सय ८४, संचार महशुल १० हजार ४ सय,मर्मत सम्भार तथा रड्डरोगन २ लाख ६ हजार ७ सय ४८,कार्यालय तथा बिज्ञापन १ लाख ८३ हजार ७ सय ४१, खाना खाजा ३ लाख २३ हजार ५ सय १६, आर्थिक सहायता तथा परामर्श ८५ हजार ६ सय ९०,सिसी क्यामरा थप ४१ हजार ९ सय ७९,सार्बजनिक निमाण २५ लाख ५ हजार ८ सय ४८, बिषेश चाडपर्व १० हजार खर्च भएको छ ।
कालिका भगवती गुठीको ६।६ महिनामा आय ब्यय सार्बजनिक गर्ने नीति अनुसार मंगलबार यो बर्षको पहिलो ६ महिनाको बिवरण सार्बजनिक गरिएको हो । बिगतमा तर्जुमा गरिएको पाच बर्षे योजनालाई विस्तृत गुरु योजना अनुसार कार्य अगाडी बढाइने समितिका अध्यक्ष राजु खड्कालले जानकारी दिए ।