Sorry, that menu does not exist.
 

‘वाशिंगटन पोस्ट’ अखबारका मालिक विश्वका सबभन्दा धनी व्यक्ति

माइक्रोसफ्टका बिल गेट्सलाई अमेजनका संस्थापक बेजोसले उछिने !

अमेरिका (न्यूयोर्कं), २०७४ साउन १३ । अमेजनका संस्थापक जेफ बेजोस माइक्रोसफ्टका बिल गेट्सलाई पछी पार्दै विश्वका सबभन्दा धनी व्यक्ति बनेका छन् । फोर्ब्स पत्रिकाको अनुमान अनुसार अमेरिकी टेक्नोलॉजी कंपनीको शेयरमा आएको उथलपुथलबाट उनी यस स्थानमा पुगेका हुन् ।

फोर्ब्सले बेजोसको वित्तीय एवं गैर वित्तीय संपत्तिको मूल्य ९०.५ अर्ब अमेरिकी डॉलर रहेको बताएको छ भने गेट्सको ९० अर्ब अमेरिकी डॉलरको संपत्ति छ। बेजोस संग अमेजॉनमा करीब १७ प्रतिशत इक्विटी छ।

पत्रिकाका अनुसार गेट्स मार्चमा प्रकाशित पत्रिकाको रैकिंगमा पछिल्ला चार वर्ष देखी विश्वका धनी व्यक्ति थिए ।

विश्वका सर्वाििधक धनी व्यक्तिकोको सूचीमा फेसबुकका संस्थापक मार्क जुकेरबर्ग पनि रहेका छन् । उनको संपत्ति झण्डै ७२.९ अर्ब अमेरिकी डलर छ । बेजोसको अधिकतम संपत्ति अमेजन मा छ भने उनी ब्लू ओरिजिन कंपनी र ‘वाशिंगटन पोस्ट’ अखबारका मालिक पनि हुन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply